सुख्खा पहिरोका कारण तम्घास-रिडी सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोका कारण तम्घास-रिडी सडकखण्ड अवरुद्ध

गुल्मी: सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास-रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ। रेसुंगा नगरपालिका-१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

सडकमा माटोसँगै ठूला÷ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्नेभएका कारण आज दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.