कोमल वलीले फेरिन् पार्टी

कोमल वलीले  फेरिन्  पार्टी

घोराही : लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् । कोमलसँगै नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमाले प्रवेश गरेका हुन् । दाङको घोराहीमा सोमबार आयोजित नेकपा एमालेको कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

रेडियो नेपालको जागिर छोडेर केही महिनाअगाडि देखि राजनीतिमा लागेकी कोमल आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ । वलीले राजाको शासनकालमा तुलसीपुर नगरपालिकाको मेयर बनेका आफ्ना दाइ यामेन्द्र वलीलाई पनि एमालेमा सँगै लगेकी छन् । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियता पक्षधर तथा प्रजातन्त्रको हिमायती एमालेमात्रै भएकाले सबैको विश्वास एमालेमा भएको बताए । सोहीअनुसार नयाँ साथीहरूको प्रवेश बढिरहेको उनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.