निर्धारित समयमै निर्वाचनः मन्त्री गौतम

निर्धारित समयमै निर्वाचनः मन्त्री गौतम

बर्दियाः सिँचाई मन्त्री संजय कुमार गौतमल तोकिएकै समयमा प्रदेश र संघीय निर्वाचन हुने बताएका छन्। गृह जिल्ला बर्दिया आएका गौतमले नेपाल पत्रकार महासंघ बर्दियाले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कुनै पनि हालतमा निर्वाचन पर नधकेलिने बताएका हुन्।

प्रदेश र संघीय निर्वाचनको तयारीमा निर्वाचन आयोगले जुटिसकेको र प्रारम्भिक गृहकार्य समेत सम्पन्न भइसकेकाले अब निर्वाचनबारे शंका नगर्न समेत उनले आग्रह गर्दै भने, ‘समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध छ।'

संविधानको कार्यान्वयनसंगै परिवर्तनलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको भन्दै मन्त्री गौतमले सबैलाई सकारात्मक भएर निर्वाचनको माहौन निर्माणमा सहयोग गर्न समेत आग्रह गरे।

बबई नदीका कारण बर्र्षेनी बाढीको पीडा खेप्नुपरेको भन्दै उनले नदिको उचित व्यवस्थापनको कार्यलाई तिव्रता दिइएको बताए। उनले नदि व्यवस्थापन कार्यालय स्थापना गरेर बाढीबाट बर्षेनी हुने दुखलाई कम गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.