‘बिश्वमा सबै भन्दा सुरक्षित मुलुक चीन’
काठमाडौ : चिनिया राष्ट्रपति सी जिनपिङले मानवहितका लागि संयुक्त रुपमा बिश्वव्यापी सुरक्षामा बिश्व सुरक्षाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग नजिकमा रहेर काम गर्ने आशा व्यक्त गरेका छन् । राष्ट्रपति सीले इन्टरपोलको ८६ औ साधारणसभालाई मंगलबार बेइजिङमा सम्बोधन गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन ।
अपराधसँग लडन र सुरक्षा समन्वय गर्न तथा बिश्वव्यापी कानुन कार्यान्वयनमा इन्टरपोलको महत्वपूर्ण भूमिका रहेकोमा राष्ट्रपति सीले जोड दिए । चीन सन १९८४ देखि इन्टरपोलको सदस्य रहदै आएको छ । बिश्व सुरक्षा र स्थायित्वका लागि योगदान गर्न चीन तयार रहेको पनि उनले बताए । ‘सुरक्षा चुनौतीसँग संयुक्त रुपमा जुध्न दीगो सुरक्षा,सहयोग,बृहत्तर र साझा अवधारणालाई देशहरुले ग्रहण गर्नुपर्छ’ राष्ट्रपति सीले भने ।
बिश्व सुरक्षा सुशासनलाई प्रबद्र्धन गर्दै राष्ट्रपति सीले थप निष्पक्ष,वास्तविक र प्रभावकारी तरिका अवलम्बन गर्न इन्टरपोलका सदस्य राष्ट्रहरुलाई आग्रह गरे । ‘देश र अन्तरसरकारी संस्थाहरुले गैरसरकारी संस्थाहरु,बहुराष्ट्रिय र नागरिक समाजसँग काँधमा काँध मिलाएर सुरक्षा सुशासनको मुख्य जिम्मेवारी पूरा गर्न संयुक्त रुपमा काम गर्न प्रोत्साहित गर्दछु’राष्ट्रपति सीले भने ।
बिश्वव्यापी कानुन कार्यान्वयन र बिश्व सुरक्षा सुशासनमा चीन सक्रियतापूर्वक लागेको स्मरण गराउँदै राष्ट्रपति सीले भने ‘हाम्रो महत्वपूर्ण लक्ष्य जनतालाई सुरक्षित र राम्रोसँग बस्ने वातावरण उपलब्ध गराउनु हो । चीन बिश्वमा सबैभन्दा सुरक्षित मुलुक रहेको धेरै भन्दा धेरै मानिसहरुले बिश्वास गर्छन । जुन चीनले बिश्वलाई दिएको महत्वपूर्ण योगदान भएको छ ।’