बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी

बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी

बारा : कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । उपमहानगरपालिकाको मेयरमा कांग्रेसका राजेश यादव र उपमेयरमा कांग्रेसकी रहिमा खातुन बिजयी भएका हुन् । यादवले एमालेका उम्मेदवार बिनोद साह भन्दा १८७ मतबढी ल्याउदै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार यादवले १०९०३ मत प्राप्त गर्दा एमालेका साहले १०७१६ मत पाएका छन् । उपमेयरमा खातुनले १०५३८ मत प्राप्त गर्दै जित हात पारिन् ।

 

एमालेकी उम्मेदवार प्रतिमा यादवले १०३७२ मत प्राप्त गरेकी छिन् । खातुनले यादव भन्दा १६६ मत बढी ल्याउदै जित हात पारेकी हुन् । यो संगै कांग्रेसले बाराको १६ स्थानीय तह मध्ये ६ स्थानमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर निजगढ नगरपालिकामा जित हात पारेको कांग्रेसले अन्य स्थानमा एक्लै चुनाव लडेर विजय प्राप्त गरेको हो ।

कांग्रेसले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिकासहित सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउपालिकामा जित हात पारेको छ । एमालेले भने दुई स्थानमा जितेको छ । जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

संघीय समाजवादी फोरमले चार स्थानमा जित हात पारेको छ । पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, आदर्श कोतवाल गाउँपालिकामा फोरमले जित हात पार्दा राष्ट्रिय जनता पार्टीले तीन स्थानमा जित हासिल गर्‍यो । राजपाले प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र देवताल गाउँपालिकामा विजय प्राप्त गरेको छ । नेपाल लोकतान्त्रिक फोरमले भने एक मात्र बिश्रामपुर गाउपालिकामा जितेको छ । नेकपा माओवादी केन्द्रको नजिता बारामा शुन्य देखिएको छ । माओवादीले बाराको कुनै पनि स्थानीय तहमा जित हासिल गर्न सकेन् ।

 को कहाँ बिजयी ?
जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरमा एमाले बिजयी
मेयर - डा. कृष्ण पौडेल (१४४८५) उपमेयर- सरस्वती चौधरी (१४४५९)

कलैया उपमहानगरपालिका मेयर र उपमेयरमा कांग्रेस बिजयी
मेयर- राजेश यादव (१०९०३) उपमेयर रहिमा खातुन (१०५३८)

निजगढ नगरपालिका मेयरमा कांग्रेस-माओवादी गठबन्धन बिजयी, उपमेयरमा एमाले
मेयर- सुरेश खनाल (७६४८) उपमेयर- लिला खनाल लामिछाने (६७७३)

कोल्हवी नगरपालिका मेयर र उपमेयरमा एमाले बिजयी
मेयर- भरत भण्डारी (७४०१) उपमेयर-सुनैना चौधरी (७३०८)

सिम्रौनगढ नगरपालिकामा मेयरमा कांग्रेस, उपमेयरमा राजपा बिजयी
मेयर- बिजय यादज (५१३४) उपमेयर- रिता कुशवाहा (५५१४)

महागढीमाई नगरपालिका मेयर र उपमेयरमा कांग्रेस बिजयी
मेयर- उपेन्द्र यादव (५७६५) उपमेयर तारादेवी कानु (५३७५)

पचरौता नगरपालिका मेयरमा ससफो, उपमेयरमा राजपा बिजयी
मेयर- रमेशकुमार यादव (२६४२) उपमेयर- ईन्दुकुमारी (२५४६)

देवताल गाउपालिका प्रमुख र उपप्रमुखमा राजपा बिजयी
प्रमुख- चन्दनकुमार सिंह (२३३०) उपप्रमुख- रामपती देवी महतो (२१५३)

करैयामाई गाउपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस बिजयी
प्रमुख- भुमेश्वर धामी (३३२९) उपप्रमुख- चित्ररेखा चौधरी (३३७२)

बिश्रामपुर गाउपालिका प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरम बिजयी
प्रमुख- अमिरिलाल राउत (३६३७) उपप्रमुख- सुमित्रादेवी (२३१४)

फेटा गाउपालिका प्रमुख र उपप्रमुखमा ससफो बिजयी
प्रमुख- अमिलाल प्रसाद (२६११) उपप्रमुख- कमसुल खातुन (२१६९)

सुवर्ण गाउपालिका प्रमुख र उपप्रमुखमा ससफो बिजयी
प्रमुख- महेन्द्रप्रसाद यादव (३०६५) उपप्रमुख- बबिता यादव (३४७५)

परवानीपुर गाउपालिका प्रमुख र उपप्रमुखमा राजपा बिजयी
प्रमुख- हरिनारायण साह (२६७७) उपप्रमुख- सावित्रिदेवी (२४७१)

प्रसौनी गाउपालिकामा प्रमुख र उपप्रमुखमा राजपा बिजयी
प्रमुख- भोलाप्रसाद गुप्ता (२४३८) उपप्रमुख- गिता साह (२५८२)

आदर्श कोतवाल गाउपालिका प्रमुख र उपप्रमुखमा संघिय समाजवादी फोरम बिजयी
प्रमुख- मुस्तुफा अंसारी (२७८२) उपप्रमुख पुनमदेवी (२०७५)

बारागढी गाउपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा संघिय समाजवादी फोरम बिजयी
प्रमुख- देवदत्त थारु (२६१८) उपप्रमुख लक्ष्मीदेवी राय (२५८०)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.