दसैंमा बैंकहरू खुल्ने

दसैंमा बैंकहरू खुल्ने

काठमाडौं : दसैंमा अधिकांश वाणिज्य बैंकले कार्य सञ्चालन गर्ने भएका छन् । आम ग्राहकको सहजताका लागि बैंकहरूका मुख्य शाखा सञ्चालन गर्न लागिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए । ‘दसैंभरि नै धेरैजसो बैंकहरूले दुई÷तीन घन्टा बैंक शाखा खोल्ने तयारी गरिसकेका छन्’, उनले भने, ‘दसैंभरिनै चेक क्लियरिङ हुन्छ । ठूला सहरहरूका मुख्यमुख्य शाखा खुल्ने भएका छन् ।’

यसका साथै सरकारी खाता रहेका बैंकका शाखाले दसैंभरि नै कार्य गर्नेछन् । देशको राजस्व संकलनमा कुनै बाधा व्यवधान नआओस् भन्नका लागि नाकाका बैंक शाखाहरू खुलाउन राष्ट्र बैंकले पनि निर्देशन दिएको छ ।

 

केही वर्ष अघिसम्म दसैंका बेला सुनसान रहने बैंकहरू राष्ट्र बैंकको निर्देशन र आम ग्राहकको मागअनुसार पछिल्ला वर्षहरूमा बैंक शाखा खोल्दै आएका छन् । नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई विशेष शाखाहरू खोलेर सेवा मिलाउन निर्देशन दिएको छ ।

दसंैमा सानिमा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको छ । बंगलादेश बैंकले पनि बिहान ११ बजेदेखि एक बजेसम्म बैंक खुलाउने तयारी गरेको छ । बंगलादेश बैंकले दसैभरिकै शाखा दैनिक ११ बजेदेखि १ बजेसम्म बैंक शाखा खोल्ने भएको छ भने मेगा, सानिमा, एनआईसी एसिया, प्रभु, एभरेस्ट, सिटिजन, नेपाल इन्भेस्टमेन्टलगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलाई सेवा दिने कार्य तालिका बनाएका छन् ।

दसैंको लामो बिदाका समयमा उपभोक्ताहरूलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैंकले देशभरका आफ्ना विभिन्न स्थानका २२ वटा शाखा खुला राख्ने भएको छ । सबै बिदाका दिन बैंकको मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म खुल्नेछ ।

यसैबीच बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्तीमा आफ्नो ९९औं एटिएम सेवा विस्तार गरेको छ । पर्यटकको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस् भन्ने उद्देश्यले एटीएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटीएममार्फत आफ्ना उपभोक्तालाई बैंकिङ सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.