रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक : राष्ट्रसंघ

रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक : राष्ट्रसंघ

जेनेभा : झण्डै पाँच लाख म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थी रहेको बंगलादशेमा उनीहरुको संरक्षण र सहयोगका लागि विशेष र दीर्घकालीन योजना आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन । सोही कारणले पनि उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन कार्यक्रम र रणनीतिको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको हो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीका अनुसार उनीहरुको अहिलेको अवस्था अत्यन्तै नाजुक छ, खानपिनको राम्रो प्रबन्ध छैन र सरसफाइ पनि छैन । यस्तो अवस्थामा उनीहरु बसिरहेकाले आगामी दिनमा यसले हैजा तथा यस्तै अरु पनि पानीजन्य रोगले सताउन सक्ने खतरा पनि रहेको उनको भनाइ थियो ।

उनले भने यो अत्यन्तै डरलाग्दो अवस्था छ, ती शरणार्थीले खानेकुरा र पानीकै कारण ज्यान गुमाउनसक्ने लाजमर्दा अवस्था पनि आउनसक्छ त्यसैले सहयता संस्था एवं देशलाई मेरो आग्रह छ उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन व्यवस्था केही होस् ।

पहिलो कुरा त हामीले उनीहरुलाई घर फिर्ता हुने वातावरण नै निर्माण गरिदिने हो, तर अहिलेकै लागि त्यो सम्भव छैन । त्यसैले हामीले उनीहरुको बसाइको लम्बाइको विचार गरेर पनि दीर्घकालीन संरक्षण योजना ल्याउनु आवश्यक छ- ग्रान्डीले भने ।

म्यानमारमा उक्त समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोपमा उनीहरुले गएको अगष्ट २५ देखि घर छोडेर हिँडेका थिए । उनीहरु यी दुई देशको सीमामा पर्ने नाफ नदीको किनार र त्यसको वरपर गरी चार लाख ३० हजारभन्दा बढीको संख्यामा त्यहाँ रहेका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.