अमेरिकामा भएको गोलीकाण्डमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

अमेरिकामा भएको गोलीकाण्डमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

अमेरिकाको लास भेगस शहरस्थित एउटा कसिनो रिजोर्ट नजिकै भीषण गोली चलेको बताइएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार म्यान्डले बे कसिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो।

 

सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरु गोली चल्न थालेपछि भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ। गोली लागेका मानिसहरुलाई एउटा स्थानीय अस्पताल पुर्‍याइंदैछ।

हताहतीबारे आधिकारिक विवरण प्राप्त भएको छैन। यद्यपि कतिपय रिपोर्टहरुमा कम्तीमा ५० जनाको ज्यान गएको र २०० जना घाइते भएको जनाइएको छ। उनीहरुमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार रातिको साढे १० बजे गोली चल्न थालेको थियो र सयभन्दा बढी राउण्ड गोली चलेको आवाज सुनिएको थियो।मानिसहरु होटल, रेष्टुराँ र स्थानीय विमानस्थलमा शरण लिइरहेका छन्। -बीबीसीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.