चीनमा ६८ औं राष्ट्रिय दिवस मनाइँदै

चीनमा ६८ औं राष्ट्रिय दिवस मनाइँदै

बेइजिङ : चीनले आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनान शुरु गरेको छ । राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आइतबारबाट शुरु भएको छ ।चीनले अफ्नो स्थापनाको ६८ औँ दिवस मनाउन चीनको तियानमेन स्क्वायरमा विशेष कार्यक्रम गरेको थियो । बादशाही शासनकालबाट मुक्त भई जनवादी गणतन्त्र चीन स्थापना भएको ६७ वर्ष पुगी ६८ औं वर्ष प्रवेश भएको हो ।

तियानमेन स्क्वायरमा आइतबार बिहान ६:०५ बजे विशेष समारोहको आयोजना गरी समारोहमा झण्डोत्तोलन गरिएको थियो । राष्ट्रिय झण्डोत्तोलन अवलोकन गर्न देशभरबाट करिब १ लाख १५ हजार मानिसहरू बेइजिङको तियान्मेन चोकमा भेला भएका थिए । प्रत्येक वर्ष तियानमेन स्क्वायरमा चीनको राष्ट्रिय दिवस मनाउन यस्तै विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । तियानमेन स्क्वायर चीनको राजनीतिक परिवर्तनमा विशेष स्थान मानिन्छ ।

 

सो स्थानमा आइतबार बिहान चिनियाँ सैनिकले झण्डा उठाएर चीनको स्थापना दिवसको स्वागत गरेपछि विशेष सैनिक परेड शुरु भएको थियो । राष्ट्रिय झण्डोत्तोलनका क्रममा, १७ मिटर (५६ फिट) अग्लो पारी झण्डाको पृष्ठभूमिमा झुण्ड्याइएका विभिन्न फल र पूmलः पाँचवटा ताराको प्रतीकस्वरूप - हलुवाबेद, अनार, स्याउ, पियोनी (विशेष प्रकारको चिनियाँ फूल) तथा चिनियाँ गुलाफको फूलका विशाल टोकरीबाट पुष्प र फलको वृष्टि गरिएको छ ।

शान्ति, समृद्धि र प्रगतिको प्रतिकका रूपमा ती फल र फूलहरू प्रदर्शन गरिएको थियो । त्यहाँ उपस्थित नागरिकहरूले राष्ट्रभक्तिका अभिव्यक्तिहरू दिने तथा तियानमेन स्क्वायरको ऐतिहासिकता झल्काउने गरी राखिएका प्राचीन बस्तु, पुराना दरबार तथा बनोटहरू हेर्ने गर्दछन् । चोकमा भेला भएका अपार जनसमूहले देशभक्ति तथा राष्ट्रप्रेमले ओतप्रोत भई मौनतापूर्वक उक्त कार्यक्रम अवलोकन गरेका छन् ।

राष्ट्रिय दिवसको उपलक्षमा चीन सरकारले देशभर साताव्यापी सार्वजनिक बिदाको घोषणा गरेको छ । यस वर्षको परम्परागत चिनियाँ मध्य-शरद पर्व (मिड-अटम फेस्टिभल) वा मुन केक फेस्टिभल आगामी अक्टोबर ४ मा पर्दै छ । त्यसै पर्वलाई समेत ध्यानमा राखी उक्त सातदिने सार्वजनिक बिदाको घोषणा गरिएको हो । चीनमा मिड-अटम वा मून केक फेस्टिभलमा परिवारका सदस्यहरू जहाँ भए पनि एकै ठाउँमा भेला भई मनाउने गरिन्छ ।   रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.