अमेरिकाका लागि डीभी खुल्यो
काठमाडौं : अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा कार्यक्रमका लागि सोमबारदेखि आवेदन खुला गरेको छ । सोमबार राति ९:४५ खुला भएको डीभी चिठ्ठा कार्यक्रम कात्तिक २१ गते राति १०:४५ बजे बन्द हुने अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
‘हामी डीभी आवेदकहरूलाई चाँडै आवेदन भर्न प्रोत्साहित गर्छौं’, विज्ञप्तिमा लेखिएको छ । डीभी चिठ्ठाका लागि कुनै शुल्क नलाग्ने तथा कन्सल्टेन्ट आवश्यक नपर्ने दूतावासले जनाएको छ । आवेदकले यसको वेबसाइटमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) आवेदन फारम भर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।