‘एमाले र माओवादी एकतामा भारतको हात’

‘एमाले र माओवादी एकतामा भारतको हात’

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले–माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् । भक्तपुर नगरपालिका–५ स्थित योसिंखेलमा मंगलबार ३७औं नेपाल भाषा साहित्य सम्मेलन समापन कार्यक्रममा अध्यक्ष बिजुक्छेले आफूअनुकूल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दाबी गरे । उनले कम्युनिस्ट पार्टी गठनदेखि नै नेपालमा भारतले नक्कली कम्युनिस्ट पार्टी र नेता जन्माउँदै आएको स्मरण गरे । माओवादीको पनि भारतमै पालनपोषण भएको उनको भनाइ थियो ।

‘संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ । एमाले नमान्दा संशोधन विधेयक पारित हुन सकेन’, उनले भने, ‘एमालेलाई संविधान संशोधन प्रक्रियामा ल्याउन भारतले माओवादीसँग एकता गराएको हो । एमाले मानेपछि कांग्रेस र मधेसवादी दलहरूको पनि समर्थनमा संविधान संशोधन हुनेछ ।’ एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको एकतापछि बन्ने पार्टीको नाम कम्युनिस्ट पार्टी राखे पनि त्यो वास्तविक कम्युनिस्ट नहुने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.