त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दर्ता नभएका सवारी सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दर्ता नभएका सवारी सञ्चालनमा

काठमाडौं : देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधानिक सवारीसाधन प्रयोग भएको पाइएको छ । यातायाता व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले विमानस्थलमा भारतीय नम्बर प्लेटका सवारी समेत प्रयोग भएको जानकारी दिए ।

एयर इन्डियाले दर्ता नगरेका भारतीय नम्बर प्लेटका सवारीसाधन त्रिभुवन विमानस्थलमा प्रयोग गरिरहेको अनुगमनमा फेला परेको उनले अन्नपूर्णलाई जानकारी दिए । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले पनि कानुनको उलंघन गर्दै दर्ता नगरिएका सवारी प्रयोग गरेको छ । नेपाल एयरलाइन्सले यात्रु ओसारपोसारका लागि प्रयोग गरेका कतिपय सवारी बाग्मती यातायात कार्यालयमा दर्ता नभएको भट्टराईले जानकारी दिए ।

 

साथै, निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले विमानस्थभित्र सरकारले प्रतिबन्ध लगाएको ट्याक्टर प्रयोग गरिरहेको अवस्थामा फेला परेको महानिर्देशक भट्टराईले जानकारी दिए ।
सवारी ऐनमा उपत्यकाभित्र ट्याक्टर प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर, विमानस्थलभित्रै सरकारी नियमको उलंघन गर्दै बुद्ध एयरलाइन्सले ट्रली तानका लागि ट्याक्टर प्रयोग गरेको पाइएको छ । विभागले विमानस्थल प्रयोग हुँदै आएका हरियो नम्बर प्लेटको ट्याक्सी सञ्चालन अनुमतिलाई पनि निगरानीमा राख्दै आएको छ ।

विमानस्थल जस्तो अति संवेदनशील ठाउँमै अवैधानिक सवारी प्रयोग बन्द गराउन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई बारम्बार पत्राचार गर्दा पनि अटेर गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पत्रचार गरिएको भट्टराईले बताए । विभागले मन्त्रालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्रचार गरेको भट्टराईले जानकारी दिए ।
‘हरियो नम्बर प्लेटका ट्याक्सी अनुमतिमा अनियमितता भएको भन्दै उजुरी परेपछि विमानस्थल कार्यालयसँग कागजपत्र माग गरेका थियौं’, भट्टराईले भने, ‘कार्यालयले कागजपत्र उपलब्ध नगराएपछि बाध्य भएर मन्त्रालय तथा अख्तियारलाई पत्रचार गरेका हौं ।’ अब मन्त्रालय र अख्तियाले गरेको निर्णयका आधारमा अवैधानिक रूपमा सवारी प्रयोग गर्नेलाई कारबाही हुने भट्टराईले जानकारी दिए ।

छतमा यात्रु बोक्नेको रुट इजाजत खारेज
यातायात व्यवस्था विभागले दसैंको मौका छोपी छतमा यात्रु राख्ने सवारीको रुट इजाजत खारेज सुरु गरेको छ । विभागले दसैंको अग्रिम टिकट बुकिङ खुलाउँदा नै छतमा यात्रु बोक्ने सवारीको रुट इजाजत खारेज गर्ने गरी व्यवसायीसँग सहमति गरेको थियो । विभागमा महानिर्देशक रूपनारायण भट्टराईको भाइबरमा छतमा यात्रु बोक्ने सवारीको नम्बर फोटो आएलगतै उनले सवारीसाधनको रुट इजाजत खारेजका लागि बाग्मती यातायात कार्यालयलाई निर्देशन दिएका छन् । हेटौंडा–दामन रुटमा चल्ने बा २ ख ६९५३ र बा १ ख ६९०१ नम्बरका सावरीको रुट खारेज गरिएको भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.