वाम तालमेल घोषणाले रोल्पामा हर्षसँगै आशंका

वाम तालमेल घोषणाले रोल्पामा हर्षसँगै आशंका

रोल्पा : आसन्न संघीय सभा र प्रदेश सभाको चुनावमा वाम तालमेल गर्ने र चुनाव पश्चात पार्टी एकता गर्ने घोषणाले रोल्पाका एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तामा हर्ष र आशंका जन्माएको छ ।'वाम तालमेल गरिने र चुनाव पश्चात पार्टी एकता गर्ने घोषणाले खुशी भएका छौं ।', नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा' भन्छन्, 'हामी सधैं वाम ध्रुवीकरण हुनुपर्छ भन्ने पक्षमै थियौं । नेताहरुले सरप्राईज जस्तै गरी चुनावी तालमेल र एकताका लागि घोषणा गर्दा हर्षित नै छौं ।' केन्द्रीय शीर्ष नेताहरुको जुँगाको लडाइ र त्यागको अभावमा पार्टी एकता हुने विषय तुहिन्छ कि भन्ने आशंका भने जिल्लाका नेता कार्यकर्तामा छ ।

 

नेकपा एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले पनि वाम तालमेल र एकता गर्ने घोषणाले रोल्पाका एमाले नेता, कार्यकर्ता र समर्थकमा खुशीयाली छाएको बताए । 'वाम ध्रुवीकरण गर्दै पार्टी एकता हुनुपर्छ भन्दै एमाले जिल्ला कमिटीले केन्द्रमा पटकपटक सुझाव दिँदै आएको थियो । ढिलै भएपनि त्यसको सुनुवाई भएको महशुस गरेका छौं ।', एमालेका अध्यक्ष घर्ती भन्छन, 'वाम तालमेल र एकता गर्ने कुरा सुनेर गाउँगाउँबाट एमालेका नेता कार्यकर्ताले मलाई फोन गरेर हर्षित भएको सुनाईरहेका छन ।'

वाम तालमेलको घोषणापछि एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरुले भेटघाट भने गरेका छैनन् । आ-आफ्ना कार्यकर्ताको जिज्ञासा मेटाउने र खुशी साटासाट गर्नमै व्यस्त रहेका छन । दुवै पार्टीका जिल्ला स्तरका नेताले वाम ध्रुवीकरण राष्ट्र र जनताको आवश्कता भएको बताएका छन । दुवै पार्टीका नेता कार्यकर्तामा नेतृत्व र शीर्ष नेताको त्याग, तपस्या र समर्पणको अभावले वाम एकता नहुने हो कि भन्ने आशंका रहेको देखिन्छ । 'वाम एकता गर्नका लागि नेताहरुले पद त्याग्न सक्नु पर्छ । त्यसो भएन भने त्यागकै अभावले वाम एकता तुहिन सक्छ ।' एमालेका क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय अध्यक्ष प्रेमबहादुर घर्ती भन्छन, 'कार्यकर्ता तह जहिल्यै वाम एकताकै पक्षमा थियौं । नेताहरु नमिलेर मात्र समस्या देखिएको थियो । अब नेताहरुले नै घोषणा गरेपछि आशा जागेको छ ।'

माओवादी केन्द्रका जिल्ला सचिव एवम् रोल्पा नगरपालिकाका मेयर पुरण केसीले पनि विगतको जस्तै छलकपटले वाम एकता नहुँने अवस्था आउन नहुने बताउँछन । 'जनताको समाजवादको सपना पूरा गर्न नेपालमा मजवुद खालको एउटै कम्युनिष्ट पार्टीको आवश्यता छ । अवब एकता हुनैपर्छ ।', सचिव केसी भन्छन् । कार्यकर्ताबाट वाम तालमेल र पार्टी एकताबारे मिश्रित प्रतिक्रिया आइरहेको सचिव केसी बताउँछन । 'आकस्मिक रुपमा केन्द्र तहबाट घोषणा भएकाले कार्यकर्ता तहमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेको छ।' सचिव केसी थप्छन, 'कार्यकर्ता र जनस्तरमा माहौल बनाउने अनि नेताको जुँगाको लडाइले एकताको लक्ष्य भत्किनु हुँदैन ।'

स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रबीच तीव्र मतभेद देखिएकाले कार्यकर्ता तहमा अझै मनोमालिन्या कायम भएको छैन । एकआपसको सम्बन्ध सुमधुर नभइसक्दै एक्कासी चुनावी तालमेल र अन्ततः पार्टीको घोषणाले कतिपय कार्यकर्ता रुष्ट बनेका छन । जिल्लामा माओवादी पहिलो दल छ भने एमाले तेस्रो । एमाले र माओवादी केन्द्रको तालमेल हुँदा भारी मत हुने दुवै पार्टीको दाबी छ ।

एमालेले ६० र केन्द्रले ४० प्रतिशत उम्मेदवार तालमेल गर्ने बारे भने जिल्लामा अन्यौलता देखिएको छ । जिल्ला र निर्वाचन क्षेत्रमा जुन पार्टीको पकड छ त्यहाँ त्यहीँ पार्टीलाई उम्मेदवार बनाउने या प्रत्येक जिल्लामा ६० र ४० प्रतिशत लागु हुने बारे भने दुवै पार्टीमा अन्यौलता देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.