कारबाहीमा ८१ तालिबान लडाकू मारिए

कारबाहीमा ८१ तालिबान लडाकू मारिए

काबुल : अफगानिस्तानका विभिन्न भू-भागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् । विभिन्न भू-भागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् ।

 

अधिकांश लडाकू अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडाकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।

पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.