चीनले मोड्‍यो १० अर्ब क्‍युबिक पानी, अर्थतन्त्रमा टेवा

 चीनले मोड्‍यो १० अर्ब क्‍युबिक पानी, अर्थतन्त्रमा टेवा

एजेन्सी: २१औ शताब्दीमा चीनले धेरै आश्‍चर्यजनक काम गरेर विश्‍वलाई चकित पार्दै आएको छ। त्‍यही अनुरुप उसले १० अर्ब क्‍युबिक मिटर पानीलाई दक्षिणबाट उत्तरतर्फ मोडेर पर्यटकीय नगरीमा रुपान्तरण गरेको सिन्ह्‍वाले जनाएको छ।

 

सिन्ह्‍वाका अनुसार उक्त पानी याङजी नदीबाट बेइजिङ हुँदै तियानजिन र हेनानको प्रान्त र हेबेइको बीचैबीच भएर बग्‍ने बनाइएको छ। यस्तै पानीको निकासलाई पाइपको माध्‍यमबाट चीनका अन्‍य प्रान्तहरुमा समेत बाँडिएको छ।

सन् २०१४ बाट सुरु भएको यो वृहत प्रोजेक्ट सन् २०१७मा सार्वजनिक गरिएको छ। यो प्रोजेक्‍टले २ अर्ब ७ करोड क्‍युबिक पानीले ११ लाख मानिसलाई पानीको पहुँचमा सहजता प्रदान गरिरहेको छ। अहिले बेइजिङका करीब ७० प्रतिशत पानीको आपूर्ति यही प्रोजेक्टबाट भइरहेको छ।

 

यसका साथै सहरमा पानीको स्रोतलाई व्‍यक्तिले करीब सय देखि एक सय पचासको हाराहारीमा प्रत्‍येक दिन प्रयोग गर्ने मौका पाएका छन्। यसले त्‍यहाँको स्थानीयको आयआर्जनमा मात्रै नभएर सिंचाइमा प्रवर्द्धन, गुणस्तरीय खानेपानी, वातावरणीय चक्र र प्राकृतिक विपत्तीबाट जोगाउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.