मजबुत बन्दै अमेरिकी डलर

मजबुत बन्दै अमेरिकी डलर

काठमाडौं : नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक डलर बराबर १०५ दशमलव १० रुपैयाँ बिक्री मूल्य निर्धारण गरको छ । दसैँअघि असोज १० गते एक डलर बराबर एक सय चार रुपैयाँ ४७ पैसा बिक्री मूल्य थियो ।

एक साताको अन्तरालमा डलर ६३ पैसाले महँगिएको छ । गत भदौ अन्तिम दिन एक डलर बराबर एक सय दुई रुपैयाँ १३ पैसा थियो । २०७४ साउन मसान्तमा एक डलर बराबर एक सय दुई रुपैयाँ २९ रुपैयाँ थियो । १८ दिनमा दुई रुपैयाँ ९७ पैसाले डलर महँगिएको छ ।

अर्थात् त्यस अवधिमा डलरसँग नेपाली रुपैयाँ २ रुपैयाँ ३६ पैसाले कमजोर भएको छ । भारु कमजोर हुँदै जाँदा यसको असर नेपाली मुद्रामा परेको हो । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले आगामी डिसेम्बर र जनवरीमा ब्याज बढाउने अनुमानका आधारमा अमेरिकी डलर मजवुत बन्दै गएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले अमेरिकी डलरसँग भातीय रुपैयाँ कमजोर भएको र नेपाल–भारतबीच स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा यसको प्रभाव नेपाली रुपैयाँमा परेको जानकारी दिए । २०४९ फागुन बाट प्रतिएक नेपाली रुपैयाँ बराबर भारतीय एक रुपैयाँ ६० पैसाको स्थिर विनिमय दर कामय गरिएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाले बुधबारका लागि एक डलर बराबर ६५.५५ भारु बिक्री मूल्य तोकेको छ । दसैंअघि आरबीआईले एक डलर बराबर ६४.८३ भारु बिक्री मूल्य तोेकेको थियो । एक साताको यो अवधिमा भारतीय रुपैयाँ अमेरिकी डलरसँग एक रुपैयाँ २८ पैसाले कमजोर बनेको छ ।
डलर मजवुत हँुदै जाँदा गत मंसिरमा एक डलर बराबर ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । त्यति बेला भारतले पनि एक डलर प्राप्त गर्न ७० रुपैयाँ भारु तिर्नु परेको थियो । त्यो समयभन्दा अहिले भारु अमेरिकी डलरसँग मजवुत बने पनि पछिल्लो समय भने सस्तिदै गएको छ ।

डलर मजवुत हुँदा वस्तु तथा सेवाको मूल्य बढ्छ । आयातीत वस्तु महँगिदा यसको चाप मूल्यवृद्धिमा पर्र्छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा भने फाइदा हुन्छ ।

भारतीय अर्थतन्त्र खुम्चिन थालेपछि अमेरिकी डलरसँग भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपालमा पनि देखिन थालेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन निर्मूल गर्ने भन्दै गत कात्तिक अन्तिमसाता पाँच सय र एक हजार दरका भारु नोट कारोबारमा प्रतिबन्ध लगाएपछि भारतीय अर्थतन्त्रमा नकरात्मक प्रभाव देखिन थालेको छ । विनिमय दर व्यापार र अर्थतन्त्रका आधारमा तय गर्नु पर्ने हुन्छ ।

तर, २५ वर्षअघिको स्थिर विनियम दर प्रभावकारी नहुँदा नेपाली अर्थतन्त्रमा बढ्दो व्यापार घाटाले असर पारेको छ । २४ वर्षदेखि एउटै विनिमय दर कायम भएकाले बेलाबेलामा विनिमय दरलाई पुनरावलोकन गर्ने विषयमा छलफल भने भएको थियो । सरकारले १८ वर्षअघि अर्थमन्त्री महेश आचार्यले भारुसँगको स्थिर विनिमय दर परिवर्तन गर्न मन्त्रिपरिषद्मा एजेन्डा पनि लगेका थिए । करिब ६ वर्षअघि नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा डा.युवराज खतिवडाले विनिमय दरमा पुनरावलोकन गर्न आवश्यक भएको बताए पनि अहिलेसम्म भारतसँग नेपालको स्थिर विनिमय दरनै कायम छ ।

राष्ट्र बैंकले केही वर्षअघि गरेको अनुसन्धानमा पनि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयातनिर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको निष्कर्ष निकालिएको थियो । त्यतिबेला यस्तो परिस्थितिबाट नेपाल उम्कन भारतीय मुद्रासँगको सटही दर परिवर्तन गर्नुपर्ने निस्कर्ष निकालिएको थियो । अहिले हाम्रो दुई तिहाई व्यापार भारत केन्द्रित छ । यसको मुख्य कारण नेपालको भारतसँग स्थिर विनिमयर दर नै हो ।

डलर मजवुत हुँदा वस्तु तथा सेवाको मूल्य बढ्छ । आयातीत वस्तु महँगिदा यसको चाप मूल्यवृद्धिमा पर्र्छ । डलर महँगिदा विदेशी दातृनिकासँग लिएको ऋणको भार बढ्न जान्छ । डलर मजवुत बन्दा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स भने बढ्नेछ ।

२०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ डलरसँग शून्य दशमलव ६ प्रतिशतले अधिमूल्यन भएको थियो । गत आर्थिक वर्षमा एक डलर बराबर औसत १०६ दशमलव २१ रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.