बैंक तथा वित्तीय संस्थामा एक महिनामै पाँच अर्ब लगानी

बैंक तथा वित्तीय संस्थामा एक महिनामै पाँच अर्ब लगानी

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाले चार अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् । लगानी बढेसँगै बैंक तथा वित्तीय क्षेत्रको कुल कर्जा १९ खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको यसै महिना बैंक तथा वित्तीय क्षेत्रको कुल कर्जा १६ खर्ब ९२ अर्ब १८ करोड थियो । साउनमा वाणिज्य बैंकको कर्जा शून्य दशमलव एक, विकास बैंकको दुई दशमलव नौ र वित्त कम्पनीको शून्य दशमलव तीन प्रतिशत बढेको छ । गत असारमसान्तको तुलनामा साउनमा कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुई प्रतिशतले बढेर ९० अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

 

उत्पादनमूलक उद्योगतर्फको लगानी शून्य दशमलव सात प्रतिशतले बढेर तीन खर्ब ३२ अर्ब १३ करोड, निर्माण क्षेत्रतर्फ एक दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब १५ अर्ब ५३ करोड पुगेको छ । थोक तथा खुद्रा व्यापारतर्फ शून्य दशमलव तीन प्रतिशतले बढेर चार खर्ब ३६ खर्ब १९ करोड पुगेको छ भने यातायात साधन तथा यसका पार्टपुर्जामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएर ३४ अर्ब ६० करोड पुगेको छ । यस क्षेत्रमा भएको लगानीमध्ये २१ अर्ब ६७ करोड रुपैयाँ सवारीसाधन र यसका पार्टपुर्जामा छ । यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा भने एक दशमलव सात प्रतिशतले लगानी बढेर एक खर्ब ६ अर्ब ८५ करोड पुगेको छ ।

सेवा क्षेत्रका उद्योगतर्फ शून्य दशमलव नौ प्रतिशतले बढेको छ । यस क्षेत्रअन्तर्गत होटलमा बैंक तथा वित्तीय क्षेत्रले ५१ अर्ब १९ करोड कर्जा प्रवाह गरेका छन् । यस अवधिमा उपभोग कर्जा भने एक दशमलव आठ प्रतिशले घटेर ८३ अर्ब ८१ करोडमा सीमित छ । बैंक तथा वित्तीय संस्थाले साउनसम्म सुन र चाँदीमा ३७ अर्ब ४५ करोड लगानी गरेका छन् । फाइनान्स, इन्स्युरेन्स र स्थिर सम्पत्तिमा एक दशमलव तीन प्रतिशत कर्जा प्रवाह घटेर एक खर्ब ६५ अर्ब ३९ करोडमा खुम्चिएको छ ।

बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ घर जग्गाको धितोमा र १४.१ प्रतिशत कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत थियो । २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा दुई दशमलव चार प्रतिशत अर्थात् ४८ अर्ब तीन करोड रुपैयाँ पुगेको छ ।

लगानी बढेसँगै बैंक तथा वित्तीय क्षेत्रको कुल कर्जा १९ खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

हायर पर्चेज कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा एक दशमल ६ प्रतिशतले घटेको छ । एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा एक दशमलव नौ र रियल स्टेट कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको छ । यसरी नै समीक्षा अवधिमा वाणिज्य बैंकबाट ट्रस्ट रिसिट (आयात कर्जा) ६ दशमलव ६ प्रतिशत (चार अर्ब २८ करोड) ले बढेर ६८ अर्ब ८१ करोड पुगेको छ ।

साढे एक अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले एक ४८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले आफूसँग भएको बचत रकम लगानी गर्ने प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । बैंकले एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव आह्वान गरेको हो ।राष्ट्र बैंकले कात्तिक १ देखि लगानी गरी २०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने शर्तसहित रकम लगानी गर्न लागेको हो । यहि असोज २२ गतेसम्म प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको पौडेलले बताए । वाणिज्य बैंकमा एक अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीका सात करोड ४० लाख रुपैयाँ लगानी गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.