नगरकोटमा पर्यटक प्रवेश शुल्क खारेज गर्न माग

नगरकोटमा पर्यटक प्रवेश शुल्क खारेज गर्न माग

नगरकोट : नगरकोटका होटल तथा पर्यटन व्यवसायीले यहाँ आउने पर्यटकसँग लिइने प्रवेश शुल्क खारेज गर्न माग गरेका छन् । उक्त प्रवेश शुल्क तत्काल खारेज नगरिए होटल तथा रेस्टुरेन्ट बन्द गरेर आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिको नेतृत्वमा आएका पर्यटन व्यवसायीले बुधबार चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मि श्रलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् ।

समितिका अध्यक्ष इन्द्र लामाले पर्यटन व्यवसायीले होटल तथा रेस्टुरेन्ट बन्द गरेर नगरपालिका घेराउ गर्नुपर्ने आन्दोलनमा उत्रन बाध्य नपार्न प्रमुख मि श्रको ध्यानाकर्षण गरे ।

चाँगुनारायण नपाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क निर्णय गरेको थियो । सोही निर्णयानुसार नपाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने गरी ५१ लाख रुपैयाँमा टेन्डर स्वीकृत गरेको थियो । नपाबाट टेन्डर स्वीकृत गरेपछि ठेकेदारले असोज १ गतेदेखि नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको हो ।

ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक दुई सय तेस्रो मुलुकका पर्यटकसँग भ्याटबाहेक तीन सय रुपैयाँ प्रवेश शुल्क लिन थालेको छ । ठेकेदारले नगरकोट मुख्य नाका भक्तपुर-नगरकोट सडकको तेलकोट र भत्क्यापाटी, थाकलमठ, कलमसीमा पोस्ट खडा गरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेका छन् ।

भक्तपुरबाट नगरकोट पुग्ने दुई सडकमा पर्यटकसँग प्रवेश शुल्क उठाउन थालिएपछि पर्यटक घटेको पर्यटन व्यवसायीले दुःखेसो पोखे । व्यवसायीसँग छलफलै नगरी पर्यटक प्रवेश शुल्क लिइँदा नगरकोट पुग्ने बाह्य पर्यटक प्रभावित भएको भन्दै समितिका उपाध्यक्ष नवीन गुरुङले आपत्ति जनाए । उनले नपाले एकतर्फी रूपमा लिएको शुल्कले पहिले बुकिङ भएका नगरकोटका होटलमा पनि पर्यटक नआएको उनले जानकारी दिए ।

उपाध्यक्ष गुरुङले होटल पुग्ने पर्यटकलाई राम्ररी स्वागत गर्न नपाउँदै उनीहरूबाट गाली खानुपर्ने बाध्यता आइपरेको सुनाए । ‘नगरपालिकाले एक्कासि बाटोमा केटाहरू लगाएर पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि आधाभन्दा बढी पर्यटक बीच बाटोबाटै फर्के', समितिका सदस्य एवं होटल क्लब हिमालयनका म्यानेजर अशोक थापाले भने, ‘पहिले बुकिङ गरेका पर्यटकलाई बुकिङ रद्द गर्ने अवस्था आएको छ । यसको क्षतिपूर्ति कसले तिर्छ ? '

समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजूले सडक विस्तारको नाउँमा भत्काइएको सडकसमेत राम्रो नभएको अवस्थामा पर्यटकले केको पैसा उठाएको भन्दै गुनासो गरेको दुःखेसो पोखे । ‘नगरकोटमा आएर सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेबाहेक पर्यटकका लागि अरु केही सुविधा छैन', उनले भने, ‘एउटा बसपार्क छैन । होटल बाहिर आउँदा पर्यटकलाई शौचालयको समस्या छ । यसरी पूर्वाधारको विकासबिना नपाले एकलौटी शुल्क लिँदा नगरकोटकै बद्नाम भएको छ ।'

नगरकोटमा हाल करिब ६० वटा ठूलासाना होटल सञ्चालनमा छन् । त्यस्तै एक सयको हाराहारीमा रेस्टुरेन्ट तथा फास्टफुड पसल छन् । यसमध्ये भक्तपुरको चाँगुनारायण नपामा सात वटामात्रै होटल छन् । त्यस्तै केही दर्जनमात्रै रेस्टुरेन्ट यहाँ पर्छन् । बाँकी सबै होटल तथा रेस्टुरेन्ट काभ्रेको मन्दन देउपुर नगरपालिकामा छन् ।

यस्तो अवस्थामा काभ्रेका होटल तथा रेस्टुरेन्ट पुग्ने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नपाले किन प्रवेश शुल्क लिएको भन्दै व्यवसायीले नगर प्रमुख मि श्रसँग आक्रोश पोखेका थिए । उनीहरूले भक्तपुरको बाटो प्रयोग गरेकै आधारमा काभ्रे पुग्ने पर्यटकसँग शुल्क असुल्नु अन्याय भएको बताए । नगर प्रमुख मि श्रले भने नपाको आन्तरिक स्रोत बढाउन नगरकोट पुग्ने पर्यटकसँग शुल्क लिनेबारे नगर परिषद्बाट निर्णय गरिएको प्रस्ट्याए । उनले पर्यटन व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय र सरसल्लाह नगरी शुल्क लिँदा समस्या आएको स्वीकार गर्दै आफू एक्लैले तत्काल शुल्क उठाउने कार्य रोक्न नसक्ने बताए।


‘नगर परिषद्बाटै पर्यटक प्रवेश शुल्क लिने निर्णय भएको हो', उनले भने, ‘त्यसैले तत्काल म एक्लैले केही गर्न सक्ने अवस्था छैन ।' प्रमुख मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गर्दै त्यसमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । ‘पर्यटन शुल्कको विरोध नगर्नुहोला । नगरकोटकै पर्यटन विकासका लागि लिइएको हो', उनले थपे, ‘अबको तीन वर्षमा नगरकोटलाई ठमेल बनाउने हाम्रो उद्देश्य छ । दुई वर्षभित्र अहिले पुग्ने पर्यटकको संख्या दोब्बर बनाउँछौं ।'

तर पर्यटन व्यवसायीले पर्यटक प्रवेश शुल्कले नगरकोटको विकास होइन उल्टै अँध्यारोमा पुर्‍याउने बताए । उनीहरूले नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने नै भए आफूहरूसँगको व्यवसाय कर बढाएर पर्यटक प्रवेश शुल्क तत्काल खारेज गर्न सुझाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.