मिस युनिभर्समा नेपालको पहिलो पाइला

 मिस युनिभर्समा नेपालको पहिलो पाइला

काठमाडौं : नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिताको सुरुवात भए पनि यो वर्षमात्रै ‘मिस युनिभर्स' को लागि ढोका खुलेको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मिस वल्र्ड र मिस युनिभर्समा प्रतिनिधित्व गर्ने नेपालको चाहना पूरा भएको हिडन टे«जरका अध्यक्ष गोपाल कक्षपतिले बताएका छन् । राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मिस वल्र्ड १९९० देखि सुरु भए पनि आर्थिक अभावको कारण त्यो चाहना पूरा भएको थिएन ।' तर १९९४ मा मिस एसिया प्यासिफिकमा सहभागी बन्दै नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खाता खोलेको थियो । मिस वल्र्डका लागि पनि केही वर्ष कुर्नु परेको थियो ।

 

यो वर्ष अमेरिकाको लस भेगासमा नोभेम्बर ६ मा हुने मिस युनिभर्समा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छिन् । उनी सन् २०१२ को मिस नेपाल प्रतियोगी हुन् । मिस युनिभर्सको ६६औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू उत्साहित भएको श्रेष्ठले बताइन् । भनिन्, ‘१९ मुलुकका प्रतिस्पर्धीलाई सामना गर्नुपर्नेछ, प्रतिस्पर्धा कडा हुन्छ ।' प्रतियोगितमा भाग लिन उनी नोभेम्बर १ मा अमेरिका जाँदै छिन् ।

हिडन ट्रेजरले प्रत्येक वर्ष केही नयाँ र राम्रो गर्न यस्ता प्रतियोगितामा सहभागी बन्न चाहेको कक्षपतिले बताए । अरू बेलाभन्दा फरक गर्दै यस पटक पाँचवटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी गराउन पाएको जानकारी दिए । यसवर्ष मिस नेपाल निकिता चन्दक चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा जाँदैैछिन् । नोभेम्बर १८ मा हुने प्रतियोगिताका लागि निकिता पनि अक्टोबर १६ मा चीन जाँदै छिन् ।

त्यस्तै अर्की प्रतिस्पर्धी रोजिना शाक्य मिस अर्थमा सहभागी हुँदै छिन् । उनी फिलिपिन्समा नोभेम्बर १४ मा हुने प्रतियोगिताको लागि अक्टोबर ६ मा उड्ने छिन् । त्यस्तै नीति शाह जापानमा हुने मिस इन्टरनेसनल प्रतियोगिताका लागि अक्टोबर २६ मा जापान जाँदैछिन् । कार्यक्रम नोभेम्बर १४ मा टोकियोमा हुँदैछ । सहारा बस्नेत, मिस एसिया प्यासिफिकको लागि नोभेम्बर ९ मा जाने भएकी छन् । कार्यक्रम फिलिपिन्समा हुने भएको छ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएका सुन्दरीहरूले अनुभव बाँड्दै एउटा सामान्य जीवनबाट फरक जीवनमा प्रवेश गरेको बताए । उनीहरूले विभिन्न खालका तालिमले आफूहरूमा आत्मविश्वास बढेको र सबै खालका चुनौती सामना गर्ने क्षमता वृद्धि भएको अनुभव सुनाए । सबै प्रतिस्पर्धीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विशेष खालका प्रोजेक्ट तयार पारेका छन् ।

मिस नेपाल चन्दकले ‘ब्युटी विथ प्रपोज' को लागि दैलेख जिल्लाको तीनवटा गाविसमा पुगेर शैक्षिक अभियान सञ्चालन गरेको बताइन् । उनले महिनावारीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकी छन् । भनिन्, ‘नेपालमा कसैले पनि महिनावारीसम्बन्धी खुलेर कुरा गर्न सकेका छैनन् र दैलेखमा झनै दयनीय अवस्था रहेछ ।' यो सचेतनामूलक अभियानले मिस वल्र्ड प्रतियोगिताको लागि आफूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.