रंगेहात लागुऔषध कारोबारी पक्राउ गर्ने प्रहरीमाथि आक्रमण

रंगेहात लागुऔषध कारोबारी पक्राउ गर्ने प्रहरीमाथि आक्रमण

आँबुखैरेनी : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध कारोबारीलाई रंगेहात पक्राउ गरेको छ । लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा आँबुखैरेनी गाउँपालिका २ छिम्केश्वरी मन्दिर परिसरबाट मुख्य आरोपी जीवन भनिने गिरबहादुर थापा, ढकालटार निवासी गोपी गुरुङ, लम्जुङ निवासी सागर गुरुङ र डिना गुरुङ लागुऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट डाइजेपामसहित १०७ थान लागुऔषध प्रयोग गर्ने एम्पुल पनि बरामद गरिएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

पक्राउको क्रममा मुख्य आरोपी जीवनको आक्रमणमा परी दुई प्रहरी घाइते समेत भएका छन् । प्रहरी हवल्दार भरत बस्ताकोटी र प्रहरी जवान हिमाल राना घाइते भएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

अभियुक्त चारैजनालाई जिल्ला अदालत तनहूँबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । आँबुखैरेनी बजारमा यसअघि पनि लागुऔषध प्रयोग तथा खरिदबिक्री गर्ने घटनाहरु बारम्बार भइरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.