किन दुवईमा लुकिन पूर्व प्रधानमन्त्री सिनावात्रा ?
बैंकक : थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको छ ।
थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाचारको पुष्टी गरेको राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ।
बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए । उनले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उनी हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेको बताए ।
पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उनी अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन्।
पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उनी अनुपस्थित थिइन ।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ ।
त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ । उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।
तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।
रासस/सिन्ह्वा