सात वर्ष बितिसक्दा पनि तिंकर सडक विस्तार सुरु भएन
दार्चुला: महाकाली करीडोर अन्तर्गत पर्ने दार्चुला तिङकर सडक विस्तारको काम ठप्प रहेको छ। सडक योजनाका अनुसार खलंगादेखि तिंङकरसम्मको १ सय ४० किलोमिटर सडकमा निर्माण कार्य हिजो विहीबार ठप्प रहेको छ। आर्थि कर्ष २०६५-६६ बाट उक्त सडक राष्ट्रिय महत्वका रुपमा निर्माणसुरु गरीएको हो।
सडक निर्माण भएको सुरु देखि हाल सम्म जम्मा १८ किलोमिटर मात्र ट्रयाक खुलेको छ। हाल सम्म उक्त ट्रयाकमा गाडी गुडदैनन्। दुहुँ र ब्यास गाउपालिकामा हाल सम्म सडक नबन्दा यहाँका स्थानियले ठुलो सास्ती खेप्नु परेको छ।
बर्षात बाट निर्माण कार्य ठप्प रहेको दार्चुला तिंकर सडक हाल सम्म सुचारु हुन सकेको छैन्।निर्माण कम्पनिलाई पटक-पटक सडक निर्माण कार्य सुचारु गर्ने ताकेता गरेपनि काम सुरु गरेको छैन् ,दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भने, 'ठेकेदारहरुलाई मौसम सुधार भए देखि ताकेता गरीरहेका छौँ। अब एक दुई दिन भित्र सडकको काम सुरु गर्ने भनिरहेका छन्। हामीले पनि आशा गरेका छौँ यो हप्ता देखिनै काम सुचारु गर्ने छौँ।' उनले भने।
माहाकाली करीडोर अन्तर्गत पर्ने यो सडकमा ७ निर्माण कम्पनिको ठक्का भए पनि गत बर्षमा ४ कम्पनीले मात्र निर्माण कार्य गरेका थिए।यी कम्पनिहरुले गत बर्ष लक्ष्य अनुसारको काम नगरेको सडक योजनाले गुनासो गरेको छ। विस्फोटक पदार्थको अभाव, सडकको थप ट्रयाक खोल्न नसक्नु र निमार्ण सामग्री अभाव कारण देखाएर पन्छिदै आएका छन्।
गत आवमा सडक बिस्तारका लागी ट्रयाक खोलीरहेका ३ निर्माण कम्पनिले बिस्फोटक पदार्थ अभाव रहेको कारण देखाउदै काम अघि नबढाएको उनिहरुले बताएका छन्। तिंकर सडकको सुन्सेरा ट्रयाक खोल्नका लागी राजेन्द्र निर्माण सेवा संग सम्झौता भए पनि उक्त ठेक्काको काम हाल सम्म सुरु भएको छैन्।
चालु आवको सुरुमा बर्षात र दशैँ-तिहारका बेला कामदार घर गएका हुनाले काम सुचारु गर्न नसकिएको राजेन्द्र निर्माण सेवाले जनाएको छ। दशैँ अघिनै पिपल चौरी सम्म सडक सुचारु गर्ने भनिएता पनि ७ महिना सम्म गरमौरा भिरमै ट्रयाक नपुगाएको स्थानियहरुले बताएका छन्।
यातायातको साधन नहुँदा दुहुँ गाउँपालीकाका स्थानिय दार्चुला सदरमुकाम खलंगा बाट पिठ्युँमा भारी बोकेर दैनिक उपभोग्य वस्तु पर्याई रहेका छन्, भने ब्यास गाउँपालिकाका स्थानियहरु सडक नहुदा ज्यान जोखिम्मा पारेर दैनिक उपभोग्य वस्तुहरु लैजान वा सरकारी काम काजका लागी महाकालीमा जोखिम तुईन तरेर गुजारा चलाई रहेका छन्।
तुईन तर्दै जादा बर्षनि एक दर्जन मानिस्ले अकालमै ज्यान गुमाउने गरेका छन्। सोहि गाउँका स्थानिय सर्मिला कुवरले भनिन, हाम्रो यो गाउँका मानिसहरु सबै महाकालीमा मरी सके पछि मात्र तुईनको अर्थात तिंकर सडकले पनि काम छिटो छरीतो गर्ला जस्तो छ।