प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललाई जिल्ला छोड्न निर्देशन

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललाई जिल्ला छोड्न निर्देशन

काठमाडौ: निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई जिल्ला छोडन निर्देशन दिएको छ । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन प्युठान पुगेका पोखरेललाई आयोगले त्यस्तो निर्देशन दिएको हो । पोखरेललाई तत्काल प्युठान जिल्ला छाडन प्रमुख जिल्ला अधिकारीलाई आयोगले आदेश दिएको हो ।

 

आयेगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्युठानका प्रमुख जिल्ला अधिकारीलाई बिहिबार लेखेको पत्रमा भनिएको छ ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले असोज १० गतेदेखि प्युठान जिल्लाका बिभिन्न स्थानहरुमा नेपाली काँग्रेसका कार्यकर्ताहरुसँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भइ निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई तुरुन्त प्युठान जिल्ला छाडने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको आयोगको बैठकले प्राधिकरणका कार्यकारी अधिकृतले बिभिन्न स्थानमा काँग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भइ निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिएको आयोगले जनाएको छ । पोखरेललाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

आयोगको निर्णयमा ‘प्राधिकरणको कार्यकारी अधिकृतले असोज १० गतेदेखि १८ गतेसम्म प्युठानका बिभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भइ निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा यहाँ जस्तो सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल बिशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरितको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेवापत कारवाही हुनु पर्ने हो,होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र जवाफ पेश गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा गोविन्द पोखरेललाई स्पष्टीकरण सोध्ने’ उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.