कांग्रेसद्वारा ७९ जनाको नाम सिफारिस

कांग्रेसद्वारा ७९ जनाको नाम सिफारिस

इलामः प्रतिनिधि र प्रदेश सभाका लागि नेपाली कांग्रेस इलामले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ७९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
कांग्रेसले प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको छ।

बुधबार राति सम्पन्न जिल्ला कार्य समितिको बैठकले निर्वाचन क्षेत्र नम्बर १ का लागि पूर्व जलस्रोत राज्य मन्त्री बेनुपराज प्रसाई, भेषराज आचार्य, भुपेन्द्र कट्टेल, हिमालय कर्माचार्य, मोहन श्रेष्ठसहित सात जानको नाम सिफारिस गरेको जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिए। क्षेत्र नम्बर २ का लागि पुर्व जिल्ला सभापति एवम् सांसद केशब थापा, भेषराज आचार्य, बेनुपराज प्रसाई र निर्मला प्रसाईको नाम सिफारिस गरेको देवानले बताए।

प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ क्षेत्र न १ बाट ७ र २ वाट ५ जनको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ कांग्रेसका पुराना नेता पूर्व महामन्त्री कुल बहादुर गुरुङ, प्रजातान्त्रिक आन्दोलनका योद्धा तोयानाथ भट्टराई, विष्णु दाहाल, काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता परियार, पूर्व सभासद टिकाराम सुब्बा, दिपक अधिकारी, सोनाम छिरिङ लाप्चा लगायतलाई सिफारिस गरेको छ।

प्रदेश सभाको प्रत्यक्ष तर्फका लागि क्षेत्र नम्बर १ को १ नम्बर क्षेत्रबाट ५ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा हुकुमलाला थेवे, विक्रम पाण्डे, मिलन क्षेत्री, धन बहादुर खाम्दाक र अनिता श्रेष्ठको परेका छन्। प्रदेश क्षेत्र न २ बाट दुर्गा बराल, विष्णु कार्की, कमला कट्टेल,प्रमोद राईसहित ६ जनाको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र न २ को प्रदेश क्षेत्र नम्बर १ का लागि ५ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रका लागि डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पुर्ण गौतम रहेका छन्। प्रदेश क्षेत्र न २ मा जिल्ला सचिव खगेन्द्र देवान र सांसद नगेन्द्र कुमालको नाम सिफारिस भएको छ। चार वटा प्रदेश क्षेत्रबाट समानुपातीकका लागि ३५ जनाको नाम सिफारिस गरेको काग्रेसले जनाएको छ।

नेकपा एमालेले शुक्रबारको जिल्ला कार्यसमितिको बैठकबाट उम्मेद्धारको टुंगो लगाउने सहसचिव उमेश गुरुङले जानकारी दिए।

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष तर्फ संघ र प्रदेशका लागि ६ जनासहित प्रदेशका लागि पनि नाम सिफारिस गरेको नेता रमणले जानकारी दिए। माओवादीले प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र न १ मा धिरेन्द्र शर्मा रमण र २ मा कान्छा लवतीको नाम सिफारिस गरेको छ। वाम एकतापछि दुबै नाम पर्ने नपर्नेमा अन्यौल छाएको माओवादी स्रोत बताउँछ।

प्रदेशका लागि क्षेत्र न १ को १ मा तेज बहादुर राई, २ मा श्रीमान राई, क्षेत्र न २ को १ मा अनिल बहादुर राई र २ मा जनम लाइ सिफारिस गरेको माओवादीले जानकारी दिएको छ। सिफारिस भएपनि पछिल्लो समिकरण पछि फेरवदल गर्ने जिम्मा केन्द्रमा रहेको रमणले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.