जवर्जस्ती करणीमा भारतीय युवक पक्राउ
नुवाकोट: नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकाकी एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भारतीय युवक पक्राउ परेका छन्। उनलाई जवर्जस्ती करणीको मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ।
रातको समयमा सदरमुकाम विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका वाड नं.२ स्थित घरमै १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कारण भारतको बेतिया घर भएका १८ बर्षीय निरज चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टरार्इले जानकारी दिए।