लग भेगस आक्रमणमा नरसंहारको योजना थाहा नभएको दाबी

लग भेगस आक्रमणमा नरसंहारको योजना थाहा नभएको दाबी

लस भेगस : अमेरिकी सहर लस भेगसमा आइतबार राति भीषण आक्रमण गरी ५९ जनाको ज्यान लिने स्टेफन पेडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको पेडकले योजना बनाएको बारेमा आफूलाई केही थाहा नभएको बताएकी छिन् ।

 बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयासस्वरूप प्रहरीले उनीहसँग पनि आवश्यक सोधपुछ गरेको थियो । प्रहरीसँगको बयानमा उनले यस्तो जानकारी दिएको बताइएको छ । उनकी केटीसाथी मार्लाे डेन्लीसँग प्रहरीले बुधबार सोधपुछ गरेको छ । सोधपुछका क्रममा उनले यस्तो हिंसात्मक गतिविधिको बारेमा आफूलाई थाहा नभएको बताइन् । उनले भनिन्, ‘यतो योजनाको बारेमा पनि उनले मलाई केही थाहा दिएका थिएनन् ।'

अमेरिकी प्रहरीसँगको बयानका क्रममा उनले यस्तो जानकारी दिएको उनका वकिलले बताएका छन् । उनको यो बयानपछि उक्त हत्याकाण्ड थप रहस्मय बन्न पुगेको पनि समाचारमा उल्लेख छ । अमेरिकी सरकारी वकिलले पनि मार्लो डेन्लीले यसअघि उनको स्वभाव स्नेही र दयालु रहेको तर यस्ता हिंसात्मक क्रियाकलापका बारेमा कहिल्यै पनि कुनै कुरा आदानप्रदान नगरेको बयान उनले दिएको जनाएका छन् । मार्लो हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अस्ट्रेलियाली नागरिक हुन् । उनी करिब २० वर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अस्ट्रेलिया सरकारले जानकारी दिएको थियो ।

पेडकले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगीतिक प्रस्तुति) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए । उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान जानुका साथै ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तलाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए । अमेरिकी प्रहरीले उनकी केटीसाथी ६२ वर्षीया मार्लोलाई हिरासतमा लिएको छैन ।
प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझेको थियो । पेडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको थियो । त्यसैका आधारमा उक्त हमलामा उनलाई पनि कुनै सूचना हुनसक्ने अनुमानका आधारमा उक्त कुरा बुझ्न खोजेको हो । प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ । पेडकले नरसंहार किन गरेका थिए भन्ने तथ्यको नजिक पुग्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.