योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने : उम्मेदवार छान्न मतदान

योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने : उम्मेदवार छान्न मतदान

ताप्लेजुङ : मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने भएका छन्। तीन दिनदेखि सदरमुकाम फुङलिङमा जारी जिल्ला कमिटीको बैठकले शुक्रबार भट्टराई नाम टुङ्गो लगाएको हो।

संविधानसभा निर्वाचनमा काठमाडौबाट पराजित भएका भट्टराईले यो पटक नाम गृह जिल्ला ताप्लेजुङमा सारेका थिए। यसैबीच सर्वसहमतको प्रयास सफल हुन नसकेपछि प्रदेशको लागि क्षेत्र नम्बर २ को उम्मेद्वार छान्न भने मतदान भएको छ। आकांक्षीहरु डम्बरध्वज तुम्बाहाम्फे, गोपाल थोप्रा, बलबहादुर तामाङ र मणिशंकर पोमुले दाबी नछोडेपछि मतदान गर्नुपरेको पार्टी उपाध्यक्ष मात्रिका भट्टराईले जानकारी दिए। बैठकले बिहीबार क्षेत्र नम्बर १ प्रत्यक्षतर्फ भने बलबहादुर साम्सोहाङ, सन्तोस खतिवडा र निर्मला इजमलाई सिफरिस गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसले संघको लागि छवी गुरुङ, केशवप्रसाद दाहाल, मिना गुरुङ, गोपाल गुरुङ, यामकुमारी लिम्बुको नाम सिफरिस गरेको छ। समानुपातिकमा सूर्यमान गुरुङ, डिबी राई, भारती गुरुङ, तिलप्रसात सुब्बा, गिता सेन्दाङ रहेका छन्।

त्यस्तै प्रदेशका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा लिला बोखिम, गजेन्द्र तुम्याहाङ र युवराज गुरुङ तथा समानुपातिकमा राम कंलिवा, मंगल मेन्याङ्बो, मात्रिकादेवी प्रसाई रहेका छन्। क्षेत्र नम्बर २ को लागि प्रत्यक्षमा दीपेन्द्रकुमार सेन्दाङ र समानुपातिक प्रताप्रकास हाङ्गामलाई सिफरिस गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ।

नयाँ शक्ति पार्टी नेपालले संघको लागि प्रत्यक्षतर्फ मनबहादुर लामा र समानुपातिकमा टिकादेवी पोख्रेलको नाम सिफरिस गरेको छ। प्रदेशको लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सञ्चपाल मादेन, समानुपातिकमा कृष्णबहादुर शंकर तथा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा विशाल लिम्बु र समानुपातिकमा तेम्वावाङ्दी शेर्पा सिफरिसमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.