घरबारविहीन रोहिंग्याहरूको व्यथा (फोटो कथा)

घरबारविहीन रोहिंग्याहरूको व्यथा (फोटो  कथा)

नयाँ दंगा सुरु भएको १५ दिनमा झन्डै चार लाख रोहिंग्या मुस्लिम म्यानमारको रखाइन राज्यबाट बंगलादेश बसाइँ सरेको संयुक्त राष्ट्रसंघले बताएको छ। यो संख्या प्रत्येक दिन २० हजारका दरले उकालो लागिरहेको छ । बंगलादेशमा गत वर्षको अक्टोबरदेखि मात्रै तीन लाख ७७ हजार रोहिंग्याले बासस्थानका लागि आवाज उठाइरहेका छन् ।

rongiha1

टेक्नाफमा आइपुगेका रोहिंग्या शरणार्थी डुंगामा बस्दै ।

नयाँ आइपुगेका रोहिंग्या अहिले बंगलादेशकै विभिन्न ठाउँमा छरिएर बसेका छन् । ३० हजारभन्दा धेरै रोहिंग्याले कुटुपालोङ र नयाँ पारामा अवस्थित शरणार्थी शिविरहरूमा आ श्रय खोजिरहेको अनुमान गरिएको छ । गाउँमा अस्थायी रूपले बसिरहेकाहरू पनि धेरै रहेको अनुमान गरिन्छ ।

rongiha2

डुंगामार्फत नार खोला पार गरेपछि बंगलादेशको सा पोरिर ड्विनको किनारामा हिँड्दै रोहिंग्या शरणार्थी ।

सैनिक दमनबाट रोहिंग्याहरू आफ्नो देश छाडेर भाग्न थाले । यो क्रम सन् १९७८ बाट सुरु भएको हो र अर्कोपटक फेरि १९९१÷१९९२ बाट सुरु भयो । अहिले झन्डै ३२ हजार शरणार्थी यूएनएचसीआरमा बस्दै आएका छन् । त्यस्तै पाँच लाखभन्दा बढी रोहिंग्या शरणार्थी क्याम्पभन्दा बाहिर बस्दै आएका छन् । अवैधानिक रूपले आएका शरणार्थी मानिसले पाउनुपर्ने सामान्य आवश्यकताबाट समेत वञ्चित छन् ।

rongiha3

म्यानमारमा भएको दमनपछि बेलुखाली, टेक्नाफनजिकै अस्थायी रूपमा बस्दै रोहिंग्या शरणार्थी ।

बंगलादेशी सरकारले रोहिंग्याहरूलाई केही ठाउँमा बस्ने ठाउँको व्यवस्था गरेको छ । तर, ती ठाउँमा पनि उनीहरूको अवस्था एकदमै दयनीय छ ।रोहिंग्या शरणार्थीको विषय दीर्घकालीन समस्याका रूपमा उभिएको छ । तर, अन्तर्राष्ट्रिय समुदायहरू यस विषयमा बोलिरहेका छैनन् । समस्या सुरु भएको ३५ वर्ष पुगिसक्दा समाधान गर्न ढिलो भइसकेको छ ।

rongiha4

रोहिंग्या बच्चा घुम्दुम क्षेत्रमा ।

rongiha5

घुन्दुम क्षेत्रमा आफ्नी आमासँग खेतमा हिँड्दै रोहिंग्या महिला ।

rongiha6

दिउँसोभरि भागेर थकित, निराश र आशाविहीन शरणार्थी महिला अराकनमा । यहाँ उनीहरू जुनसुकै समयमा पनि म्यानमार आर्मी र दंगाहरूबाट मारिन सक्छन् ।

rongiha7

घुन्धुम क्षेत्रमा कुखुरा समाउँदै रोहिंग्या बच्चा ।

rongiha8

म्यानमारबाट बंगलादेश आइपुगेका रोहिंग्या मुस्लिम सा पोरिर ड्विनमा हात धुँदै ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.