आठ वर्षमा पनि बनेन दार्चुला-टिंकर सडक

आठ वर्षमा पनि बनेन दार्चुला-टिंकर सडक

दार्चुला : महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला-टिंकर सडक निर्माण सुरु भएको आठ वर्षमा पनि पूरा भएको छैन । आर्थिक वर्ष २०६५/६६ बाट यो सडक निर्माण सुरु गरिएको हो । सडक आयोजनाका अनुसार खलंगादेखि टिंकरसम्मको एक सय ४० किलोमिटर सडकमा निर्माण कार्य ठप्प छ ।

 

सडक निर्माण सुरु भएदेखि हालसम्म जम्मा १८ किलोमिटर मात्र ट्र्याक खुलेको छ । उक्त ट्र्याकमा गाडी गुड्दैनन् । दुहुँ र ब्यास गाउँपालिकामा अझै सडक नबन्दा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । वर्खाबाट निर्माण कार्य ठप्प रहेको काम अझै सुरु भएको छैन । निर्माण कम्पनीलाई पटकपटक सडक निर्माण गर्ने ताकेता गरे पनि काम सुरु नगरेको दार्चुला टिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताए ।

‘ठेकेदारलाई मौसम सुधार भएदेखि ताकेता गरिरहेका छौं', उनले भने, ‘अब एक दुई दिनभित्र सडकको काम सुरु गर्ने भनिरहेका छन् । हामीले पनि आशा गरेका छौं, यो हप्तादेखि नै काम सुरु होला ।'

माहाकाली करिडोरमा पर्ने यो सडकमा सातवटा निर्माण कम्पनीको ठेक्का पाए पनि गत वर्षमा चार कम्पनीले मात्र निर्माण कार्य गरेका थिए । यी कम्पनीले गत वर्ष लक्ष्यअनुसारको काम नगरेको सडक योजनाले गुनासो गरेको छ । बिस्फोटक पदार्थको अभाव, सडकको थप ट्र्याक खोल्न नसक्नु र निर्माण सामग्री अभाव कारण देखाएर पन्छिदै आएका छन् ।

गत आवमा सडक विस्तारका लागि ट्र्याक खोलिरहेका तीनवटा निर्माण कम्पनीले बिस्फोटक पदार्थ अभाव रहेको कारण देखाउँदै काम अघि नबढाएको उनीहरूले बताएका छन् । टिंकर सडकको सुन्सेरा ट्र्याक खोल्न राजेन्द्र निर्माण सेवासँग सम्झौता भए पनि उक्त ठेक्काको काम हालसम्म सुरु भएको छैन।

यातायातको साधन नहुँदा दुहुँ गाउँपालिकाका स्थानीय दार्चुला सदरमुकाम खलंगाबाट पिठ्यँमा भारी बोकेर दैनिक उपभोग्य वस्तु पुर्‍याइरहेका छन् भने ब्यास गाउँपालिकाका स्थानीय सडक नहँदा ज्यान जोखिम्मा पारेर दैनिक उपभोग्य वस्तु लैजान वा सरकारी काम काजका लागि महाकालीमा जोखिम तुइन तरेर गुजारा चलाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.