रोहिंग्यालाई फर्काउन इयुको आग्रह

रोहिंग्यालाई फर्काउन इयुको आग्रह

नयाँदिल्ली : युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले रोहिंग्या शरणार्थीहरूलाई मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार स्वदेश फर्काउन म्यान्मारलाई आह्वान गरेका छन् । केही साताअगाडि म्यान्मारमा चर्किएको हिंसाका कारण भागेर बंगलादेशमा शरणार्थी भएका लाखौं रोहिंग्या शरणार्थीलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरेका हुन् । टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिंग्याहरूलाई आवश्यक सहयोग पनि म्यान्मारले तत्काल उपलब्ध गराउनुपर्ने बताएका छन् । म्यान्मारको सेनाले रोहिंग्याहरूको घर जलाइदिन थालेपछि उनीहरू विस्थापित भएर बंगलादेशमा शरणार्थी हुनुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

नयाँदिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले युरोपेली संघका तर्फबाट गर्न सकिने सहयोग र भूिमकाका लागि संघ तयार रहेको पनि जानकारी दिएका छन् । गत अगस्तको अन्त्यतिर म्यान्मारमा भड्किएको हिंसाका कारण झण्डै पाँच लाख रोहिंग्या समुदायका मानिस बंगलादेशमा शरणार्थी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

तर म्यान्मार सरकारले भने विस्थापित भएकाहरू अवैध आप्रवासीहरू भएकाले उनीहरू म्यान्मारका नागरिक नभएको दाबी गर्दै आएको छ । विध्वंसका कारण संकटग्रस्त क्षेत्रमा हालै मात्र स्थलगत अवलोकन गरेको संयुक्त राष्ट्रसंघको टोलीले बुद्ध धर्मावलम्बी म्यान्मारका नागरिकको अवस्था ‘अकल्पनीय' पीडादायी भएको बताएको छ ।

दैनिक दुई हजार बंगलादेश प्रवेश

जेनेभा : म्यान्मारबाट अहिले पनि दैनिक दुई हजार म्यान्मारका शरणार्थी बंगलादेश प्रवेश गरिरहेका छन् । म्यान्मार र बंगलादेशको सीमा क्षेत्रमा रहेको बंगलादेशको कोक्स बजार हुँदै उनीहरू बंगलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जानकारी दिएको छ । संगठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्तदेखि म्यान्मारका शरणार्थी बंगलादेशमा प्रवेश गर्ने गरेकोमा अहिलेसम्म झण्डै पाँच लाख १५ हजार रोहिंग्या शरणार्थीहरू बंगलादेशमा छिरिसकेका छन् । बंगलादेशको सरकारले म्यान्मारका शरणार्थीलाई झण्डै एक हजार एकड क्षेत्रफल भूभागमा राखेको थियो भने गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा थप दुई हजार एकड क्षेत्रफल उनीलाई राख्न मिल्ने बनाएको छ ।

अहिले बंगलादेशले झण्डै सात लाख शरणार्थीलाई आ श्रय दिन लागेकाले यो विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ । शरणार्थीहरूमध्ये झण्डै २ लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो । खाद्य पदार्थको आवश्यकता भएकामध्ये पाँच वर्षमुनिका बालबालिकाको संख्या मात्रै झण्डै १ लाख ४५ हजार रहेको छ ।

साथै हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिए । अन्तर्राष्ट्रिय आप्रवासी संगठनले ती शरणार्थीहरूका लागि झण्डै ३ लाख १० हजार लिटर सफा पानी वितरण गरेको छ । यद्यपि त्यो पानी उनीहरूका लागि ‘समुद्रमा एक थोपा पानी' जस्तो मात्रै भएको मिलम्यानले टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.