राष्ट्रपतिले पूजा गरिन,भट्टराई र श्रेष्ठले गरेनन् पूजा

राष्ट्रपतिले पूजा गरिन,भट्टराई र श्रेष्ठले गरेनन् पूजा

पालुङ्टार (गोरखा) : राष्ट्रपति बिद्यादेवी भण्डारीले शैक्षिक तथा धार्मिक महोत्सवको उदघाटन गरेकी छिन् । भवानी बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक प्रकाश शरण खनालले जानकारी दिए ।

महोसत्वमा सहभागी हुन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि पालुङटार पुगेका छन् । राष्ट्रपति भण्डारीले पूजा गरेपनि श्रेष्ठ र भट्टराईले भने पूजा गरेनन ।

राष्ट्रपति भण्डारीका लागि महोत्सव स्थलको सुरक्षा ब्यबस्था कडा पारिएको छ । दिनहूँजसो जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानबाट अनुगमन तथा सुरक्षा जाँच हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशव शर्माले जानकारी दिए ।

शैक्षिक तथा धार्मिक महोत्सव एकसातासम्म सञ्चालन हुनेछ । महोत्सवमा गोविन्दशरण महाराजजीले कथावाचन गर्ने कार्यक्रम छ । गोविन्दशरण महाराजजी १०८ राष्ट्रशान्ति शैक्षिक तथा धार्मिक महोत्वसका संकल्पकर्ता, ७५ वटै जिल्लामा नमूना शैक्षिक संस्था निर्माणका संकल्पकर्ता, ५० वटा देशमा विश्वशान्तिका संकल्पकर्ताको रुपमा परिचित छन् ।
महोत्सवमा राष्ट्रपतिद्वारा यज्ञकुण्ड, हवनकुण्डमा पूजा, हवन तथा अवलोकन गरेकी छिन् ।


महोत्सवको हरेक दिन बिहान २२०० शान्ति कलस यात्रा गरिनेछ । दिनहूँ योग शिवर, भजन समूहद्वारा भजन, संगीतमय धार्मिक, पौराणिक कथाप्रवचन, १०८ सालिग्रामको दर्शन तथा प्रदक्षिणा, आकासद्वीप प्रज्ज्वलन, सामुहिक व्रतवन्ध, विवाहका कार्यक्रम, लक्ष्यवर्ती(लाखवत्ती) प्रज्ज्वलन हुने महाराजजीका सचिव कोषबहादुर खड्काले जानकारी दिए ।
महोत्सवबाट क्याम्पसका लागि करिब तीन करोड रुपियाँ संकलन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव सञ्चालनका लागि करिब ४५ लाख खर्च हुने मूल आयोजक समितिका संयोजक खनालले जानकारी दिए ।
भवानी सामुदायिक बहुमुखी क्याम्पस बिगत ११ बर्षदेखि सञ्चालन भएको हो । यसलाई गोरखा, लम्जुङ र तनहूँको शैक्षिक केन्द्र बनाउने गरी गुरुयोजना तयार गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.