परराष्ट्रमन्त्री महरा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्यको भेट

परराष्ट्रमन्त्री महरा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्यको भेट

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन्।समूहका नेपाल संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोशियारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका छन्।

भेटमा समूहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराएका छन्। बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषयहरु स्पष्टसँग राखेका थिए।

भेटमा परराष्ट्रमन्त्री महराले नेपाल–भारतसम्बन्धलाई नयाँ उचाईँमा पुर्‍याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। महराले भने, ‘दुई देशबीचको सम्बन्ध सौहाद्र हुनुपर्छ, त्यसका लागि खुला दीलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला।’

काठमाडौँमा सम्पन्न पाँचौ बैठकबारे जानकारी गराउँदै समूहका नेपाल संयोजक थापाले नेपाल-भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताए।

त्यस्तै समूहका भारततर्फका संयोजक कोशियारीले काठमाडौँमा सम्पन्न दुई दिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाईँमा पुर्‍याउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.