विदेशी पर्यटकलाई शुल्क नउठाउन मन्त्रीपरिषदको निर्णय
काठमाडौं: खुम्बु पासाङल्हामु गाउँपालिकाले निर्णय गरी असोज १५ देखि विदेशी पर्यटकसँग असुल्न शुरु गरेको रकम तत्काल बन्द मन्त्रीपरिषदले निर्णय गरेको छ। पर्यटक शुल्क भन्दै खुम्बुका गाउँपालिकाले दुई हजार असुल्ने शुरु गरेको थियो।
मन्त्रीपरिषद आसोज २० गते स्थानीय तहले राजश्व संकलन गर्ने कानुन निर्माण प्रकृयामा रहेकाले तत्काल अर्को व्यवस्था नभएसम्म शुल्क उठाउन नपाउने निर्णय गरेको हो।
२०७४ असार २५ गते बसेको गाउँसभाको निर्णयबाट प्रतिपर्यटक दुई हजार प्रवेश शुल्क लिने र होचा हिमालको शुल्क उठाउने निर्णय गाउँपालिकाले गरेको थियो।