कंगोबाट १५० नेपाली सैनिक फर्काइए

कंगोबाट १५० नेपाली सैनिक फर्काइए

काठमाडौं : नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।

सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ ।

 

 

 

उनीहरू बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् । जंगी अड्डाका एक सैनिक अधिकारीले भने, ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाउनु गैरजिम्मेवारीपन थियो । मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबरजस्ती पठायो तर समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुपर्‍यो ।’

यूएन म्यान्डेटविपरीत बढी संख्यामा पठाएकाले नेपाली सैनिकलाई फिर्ता पठाएको कंगोबाट फर्केका एक सैनिक अधिकारीले भने । ‘सैनिक मुख्यालयले गम्भीर हेलचेक्र्याइँ गरेको छ’, उनले भने, ‘मुख्यालयलाई पहिल्यै थाहा भएर पनि आवश्यकताभन्दा बढी संख्यामा पठायो । बढी संख्यामा पठाउनु र फर्काइनुको चित्तबुझ्दो जवाफ मुख्यालयले दिएको छैन । बीचैमा फर्कनुपर्दा नरमाइलो र अपमानित महसुस भएको छ ।’ फर्काइएका १ सय ५० जना सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको स्रोतले बताएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका महासेनानीसमेत रहेका निमित्त प्रवक्ता विजय थापाले संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेपछि अन्य देशसँगै नेपाली शान्ति सैनिकको संख्या पनि कटौती भएको बताए । महासेनानी थापाले भने, ‘उनीहरूलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा राखेका छौं । उनीहरूलाई अन्य देश पठाउन राष्ट्रसंघसँग परामर्श गर्दै छौं ।’कंगोमा नेपाली शान्ति मिसनको नेतृत्व सम्हालेका प्रमुख सेनानी वसन्त गौतमले अन्य देशका शान्ति सैनिकको संख्यासमेत कटौती गरेको र त्यसमा नेपाल पनि परेकाले फर्किनुको कुनै विकल्प नभएको जवाफ दिएका थिए ।

उनीहरूले बल्लतल्ल मिसन पुगेको तर कमजोर नेतृत्वका कारण दुई महिनामै फर्कनुपरेको भन्दै सैनिक नेतृत्वको कार्यशैली र राष्ट्रसंघसँगको कमजोर समन्वयको चर्को आलोचना गरेका छन् । फर्किएका सैनिकले कंगोको मिसन भद्रगोल भएको आरोपसमेत लगाएका छन् ।

कंगो मिसनमा लगिएका हातहतियार पुराना र यूएन म्यान्डेटविपरीत भएको, सवारीसाधनको अवस्थासमेत दयनीय भएको फर्किएकाहरूले आरोप लगाएका छन् । ड्युटी गर्न जान लागेका सहकर्मीलाई स्टोरमा कार्यरत एक सैनिकले सामान्य विवादमा तातोपानी खन्याइदिएको र उनी हाल स्थानीय अस्पतालमा उपचाररत रहेको सैनिक स्रोतले बताएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा ८ सय ५० जना सैनिक अधिकारी असार अन्तिम साता कंगो गएका थिए । राष्ट्रसंघले चार्टर गरेको इथोपियन एयरलाइन्सको जहाजबाट असार २८ गते पहिलो फ्लाइट र साउन ७ गतेको अन्तिम फ्लाइटमा नेपाली शान्ति सैनिक एक वर्षका लागि कंगो लगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.