दोहोरो हवाई टिकटका कारण सर्वसाधारण मर्कामा
मुगु: रारा घुम्न आउने आन्तरिक पर्यटक हरुलाई निजी एयर लाईन्सले दोहोरो हवाई टिकट दिन थालेपछि आफनो कामकाजले नेपालगंज लगाएत अन्य स्थानमा जाने यात्रुहरु मर्कामा पर्न थालेका छन्। हवाई जहाँजबाट नेपालगंज देखि मुगुको रारा बिमान स्थल ताल्चा हुदै रारा घुम्न आउन आन्तरिक पर्यटक लाई निजीबिमान कम्पनिहरुले दोहोरो हवाई टिकट दिन थालेपछि अन्य कामकाज र उपचारका लागि मुगुबाट नेपालगञ्ज काठमाडौं लगाएतका शहरमा जाने स्थानियबासि र सर्बसाधरण हवाई सेवा बाट मर्कामा परेका हुन्।
नेपालगञ्जदेखि रारा बिमान स्थलताल्चा हुदै रारा आउने आन्तिरिक पर्यटकहरु लाई निजी हवाई सेवाहरुले नेपालगंज बाटनै रारा आउने र फर्कने हवाई टिकट वितरण गरेकाले स्थानियबासी, बिरामि लगाएत अन्य सर्बसाधरण हवाई सेवा बाट मर्कामा पर्ने गरेको यात्रुहरुको गुनासो रहेको छ।
विराटनगर बाट रारा घुम्न आएका अनिल बुर्जामगर आफनो चार जनाको समुहले नेपालगंजबाट रारा आउन हवाई जहाजको टिकट पाउन मात्र पाँच दिन लागेको बताए।पाँच दिनपछि रारा पुगेर घर पर्कनका लागि हवाई जहाँज कुरेको पनि पाँच दिन भएको गुनासो पोखे ताल्चास्थित निजी एयर लाईन्सका कर्मचारीसँग टिकट कुरा गर्दा पाँच दिन पुगि सक्दा समेत सबैले कुरा सुने नसुनेझै गर्छन।
सबैले आफना रिटन टिकटवाल यात्रु छन भनेर कुरा टार्ने गरेका हुन्छन रारा घुम्नका लागि सिमित समय र बजेट ब्यबस्था गरेर आएको आफनो चार जनाको समुह हवाई जहाजकै बाटो कुरेर बेर्खजी समेत भएको र आफू जस्तै नेपालगंजदेखि रारा बिमान स्थल सम्म एकतर्फी जहाज र सडक यातायात बाट रारा घुम्न आएका अन्य आन्तरिक पर्यटक हरु समेतले जहाँजको बाटो कुरेरै बसेकै कारण बेर्खजी हुनु परेको बताएका छन्।
तिन चार दिन कुरेर जहाँजको टिकट हातमा लिई जहाँजमा उड्न लाई तयार भएका स्थानिय बासि तथा आन्तिरी पर्यटक लगाएतका सर्बसाधरण हरुलाई झारेर भएपनी निजी एयर लाईन्सका केन्द्रिय कार्यालय तथा नेपालगंज स्टेसनका कर्मचारीहरुले फोनको भरमा ठूलाबडा र चिनेजानेका लाई रारा बिमान स्थल स्थित आफना एयरलाईन्सका कर्मचारीलाई जहाँजमा उडाउन दवाव दिने गरेका छन्।
जहाँजमा उड्न लाई तयार भएका सर्बसाधरण यात्रु लाई झारेर जहाँजमा उड्नका लगी सोर्सफोर्स लगाएर उड्ने यात्रुहरुकारणले पनी पहुच नभएका सर्बसाधरण यात्रुहरुले उड्न नपाएको गुनासो काठमाडौं बाट रारा घुम्न आएका लाईन्स अफ काठमाडौका लेखा प्रमुख गनिका गरुङ्गले बताईन्।
चार दिन देखि पेट दुखेर जिल्ला अस्पतालमा भर्ना भएका छाँयानाथ रारा नगरपालिका-६ कोटीला गाँउका नन्द ऐडीलाई जिल्ला अस्पतालले उपचारका लागि नेपालगंज रिफर गरेपछि उपचारका लागि रारा विमानस्थल पुगेर हातपाउ जोडी टिकट मिल्यो तर उपचार पछी घर कसरी र्फर्कने भन्ने चिन्ताले पिरलेको छ त्यहाँ दुई तर्फी उड्ने यात्रु लाई मात्र प्रथामिकतामा राख्ने गरेको छ भन्ने सुनिएको बिरामीका आफन्त कर्ण ऐडिले बताए।
नेपालगंजदेखि मुगुको रारा बिमान स्थल ताल्चामा तारा, गोमा र सिता एयर लाईन्सले दैनिक एक देखि पाँच उडानसम्म भर्ने गरेका भएपनि गोमा र सिता एयरले यो समयमा काठमाडौदेखि पूर्वका विमानस्थल विदेशी पर्यटकलाई सेवा दिने गरेको छ।
र नेपालगंजदेखि रारा विमान स्थलमा फाटफुट सेवा दिने र तारा एयरलाईन्सले प्राय दोहोरो सेवा लिने यात्रुहरु लाई बढी प्रथामिकतामा राख्ने गरेकाले पनी सर्बसाधरण हवाई सबेवा बाट मर्कामा परेको रारा मिान स्थलमा होटल ब्यबसाय गर्ने होटल ब्यबसाही हरुको भनाई रहेको छ।
गमगढी सुर्खेत सडक यातायात भएकाले कच्चि सडकमा यात्रा गर्न डर मान्ने प्राय यात्रु,बिरामी र अन्य सर्बसाधरण हवाई जहाज कुरेर बस्ने गरेका छन। अहिले दोहोरो हवाई टिकट लिएका यात्रुहरुकै कारण रारा विमानस्थल आठ दर्जन भन्दा बढी यात्रुहरु जहाँजको टिकट फर्खाईमा रहेका छन्।