अबको नेपाल कस्तो ?

अबको नेपाल कस्तो ?


काठमाडैा : राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल ः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ । नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ ।
नेपालको समृद्धिको बाधकका रूपमा रहेका समाजको बनोट र संस्कृति, नेपाली मनोविज्ञान, भौगोलिक अवस्थिति, सरकारी नीति, कार्यक्रम र योजनालगायतको निदान पुस्तकमा खोजिएको छ । 

आर्थिक, सामाजिक, राजनीतिक, प्रशासननिक तथा भौगोलिक पक्षबाट विश्लेषण गरिएको छ ।
पहलो खण्डमा प्रवेश खण्ड, दोस्रोमा आर्थिक, तेस्रोमा ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र पूर्वाधार, चौथोमा प्रशासन, पाँचौँमा सामाजिक र छैटौँ खण्डमा राजनीति समेटिएको छ । पुस्तकको पहिलो खण्डमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘कत्रो नेपाल, कस्तो नेपाल’ शीर्षकमा नेपालको उत्पत्तिदेखि अहिलेसम्म विश्व मानचित्रमा कुन कालखण्डमा कत्रो थियो ? भन्ने ऐतिहासिक पाटो खुलाएका छन् । साथै, उनले अबको नेपालले नाकाबन्दी खेप्नु नपर्ने, डुबानमा पर्नु नपर्ने र नेपाली भूमि गुमाउनु नपर्ने कसरी हुनसक्छ लगायत विषयमा विश्लेषण गरेका छन् ।
पहिलो खण्डको दोस्रो आलेख संस्कृतिविद् प्रा.डा. डिल्ली ओलीको छ । उनले नेपाली समाजको बनोट र संस्कृतिबारे विश्लेषण गरेका छन् । भौगौलिक संरचनाअनुसार नेपाली समाजको बनोट र संस्कृतिले पार्ने फरकपन र त्यसले समग्र विकासमा पारेको प्रभावबारे छ । अहिलेका नेपाली कस्ता छन् भनेर मानवशास्त्री डा. सुरेश ढकालले ‘हामी नेपाली कस्ता नेपाली’ शीर्षकमा चिरफार गरेका छन् । त्यसैगरी भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालले नेपालको भौगोलिक अवस्थिति र संरचना विकासको बाधक कति हो भनेर व्याख्या गरेका छन् । खनालले नेपालजस्तै अन्य पर्वतीय मुलुकको उदाहरण पेस गर्दै नेपालको भौगोलिक अवस्थिति र संरचना विकासको बाधक नभएको तथ्य देखाएका छन् । खनालको आलेखमा समर्थन जुटाउँदै नेपालका विकास नीति, कार्यक्रम र योजनामै खोट रहेको तथ्य र तर्क प्रा.डा. प्रेम शर्माको ‘नेपालको भावी योजना’ आलेखमा छ ।
पुस्तकको दोस्रो खण्डमा अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालले नेपालको समग्र अर्थतन्त्रको विश्लेषण गर्दै आर्थिक विकासका लागि २५ सुझाब पेस गरेका छन् । साथै, व्यापार नीतिविज्ञ डा. रामचन्द्र आचार्यले नेपालको आर्थिक विकासमा चीन र भारतसँग समान रूपमा व्यापारिक सम्बन्ध किन र कसरी अगाडि बढाउनुपर्नेछ भन्ने विश्लेषण गरेका छन् । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले ‘बैंकको भावी मार्गचित्र’मा नेपालको बैंक तथा वित्तीय अवस्था र संस्थाको व्याख्या गरेका छन् । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्रको भविष्यको बाटो के हुन सक्छ र कसरी अगाडि बढ्ने भन्नेमा पर्यटन बोर्डका पूर्वसिईओ प्रचण्डमान श्रेष्ठले विश्लेषण गरेका छन् । र, समग्रमा देशको गरिबी निवारणको भावी रोडम्यापबारे गरिबी निवारण कोषका सिईओ नहकुल केसीले व्याख्या गरेका छन् ।


नेपालको ऊर्जा क्षेत्रको विकासबारे जलविद्युत् विकास तथा लगानी कम्पनी लिमिटेडका पूर्वसिइओ दीपक रौनियारको आलेख छ । साथै, भौतिकशास्त्री प्रा.डा. उदयराज खनाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले नेपालको विज्ञान तथा प्रविधिको विकासबारे लेखेका छन् । खाद्यान्नमा नेपाल कसरी आत्मनिर्भर हुन सक्छ भन्नेबारेमा खाद्यसुरक्षा विज्ञ यमुना घलेको आलेखले निर्देश गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वसहायक डिन प्रा.डा. शरद् वन्तले नेपालको स्वास्थ्य क्षेत्र, लोकसेवा आयोगका सदस्य तथा पूर्वसचिव डा. गोविन्द कुसुमले प्रशासन र पूर्वमहान्यायधिवक्ता डा. युवराज संग्रौलाले अदातलभित्रको अनियमितता र सुधारको रोडम्यापबारे उल्लेख गरेका छन् । वरिष्ठ पत्रकार प्रा. पी खरेलले ‘अबका सञ्चारमाध्यम’ शीर्षकमा नेपाली सञ्चारमाध्यममाथि समीक्षा गर्दै भविष्यको बाटो दर्शाएका छन् ।


नेपालका आइएनजिओ कस्ता हुन् र किन बन्द गर्नुपर्छ ? भन्नेबारे पूर्वकानुनसचिव मोहन बञ्जाडेले व्याख्या गरेका छन् भने नेपालको ‘अबको राजनीति’ शीर्षकमा सौरभको विश्लेषण समेटिएको छ । चीनका लागि पूर्वराजदूत डा. महेश मास्केले परराष्ट्रनीति, पूर्वब्रिगेडियर जनरल डा. प्रेमसिंह बस्न्यातले भावी सुरक्षानीति, स्थानीय तहको भविष्य के हुन्छ भन्नेबारेमा विकेन्द्रीकरणविज्ञ तथा पूर्वसचिव विहारीकृष्ण श्रेष्ठले व्याख्या गरेका छन् । पूर्वाधारविज्ञ डा. सुर्यराज आचार्यले भूविकासदेखि काठमाडौमा मेट्रो रेलको संभावनासम्म चर्चा गरेको छन् ।
पुस्तकमा कृषिविज्ञ प्रा.डा. पुन्यप्रसाद रेग्मी र भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवको पनि आलेख छ । शिखा बुक्सले प्रकाशन गरेको ‘अबको नेपाल ः सम्भावना र कार्यदिशा’पुस्तकको सम्पादन पत्रकार योगेश ढकाल र कृष्ण गिरीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.