भ्रष्टाचार विरोधी अभियामा ६ हजार चिनियाँ अधिकारी कारबाहीमा

भ्रष्टाचार विरोधी अभियामा ६ हजार चिनियाँ अधिकारी कारबाहीमा

बेइजिङ: भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ। उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ।

 

मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ।यसबाहेक सरकारी गाडीको दुरुपयोग तथा सर्वसाधारणको कामका लागि उपहार लिएको बताइएको छ।समितिले यस आर्थिक बर्षको नौ महिनाको अन्तरालमा जम्मा ४७ हजार अधिकारीलाई ३३ हजार ४७१ मुद्दामा अन्य तर सामान्य वित्तीय अपराध उल्लङ्घन गरेको आरोपमा चिनियाँ अधिकारीमाथि कारबाही गरेको जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको आठ बुँदे मितव्ययितासम्बन्धि नियमले सामाजिक तथा वित्तीय अपराध नियन्त्रणमा समारात्मक भूमिका खेलेको र यसबाट सरकारी, पार्टी तथा प्रान्तीय संघसंस्थामा आर्थिक अपचलनका घटनामा कमी आएको भेटिएको पनि समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.