रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवागढी नाकामा चहलपहल बढ्यो

त्रिशूली : नेपाल र चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीबाट दसैं सकिएसँगै सामान बोकेका गाडीको आवतजावत बढेको छ। काठमाडौँबाट एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट हुने व्यापारिक कारोबारसमेत बढेको छ।

 

चिनियाँ सामान आयातका लागि धमाधम ट्रक÷कन्टेनर केरुङ जान थालेका छन्। केरुङबाट सामान बोकेर नेपालतर्फ दैनिक ४० थान कन्टेनर आइरहेका छन्। दसैँयता सामान लिन चार सय थान ट्रक÷कन्टेनर केरुङका लागि हिँडिसकेको र ८० थान ट्रक÷कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको जनाइएको छ। साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालवाहक ट्रक÷कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेका छन्।

चीनबाट रसुवागढी नाका हुँदै नेपालतर्फ स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामग्री, ऊनीका कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायत सामग्री आयात हुने गरेको टिमुरेस्थित रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ। चीनतर्फ भने हस्तकलाका सामान, चाउचाउ, खुर्सानी, मैदा निर्यात भएका छ।

रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा तीन अर्ब रुपैयाँबराबरको सामान आयात भएको छ। चालू आवको असोजको तेस्रो सातासम्ममा दुई अर्ब ९० करोड ६९ लाख ६९ हजार रुपैयाँबराबरको सामान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ९२ करोड ३९ लाख ५९ हजार रुपैयाँबराबरको सामान आयात भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ।

रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ। भन्सारले चालू आवको असोजको तेस्रो सातासम्ममा ६१ करोड ५० लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ। नाकाबाट विशेषगरी तयारी कपडा, स्याउ, जुत्ता, चप्पल, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत वस्तु आयात हुँदै आएका छन्।


रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा तीन अर्ब रुपैयाँबराबरको सामान आयात भएको छ।

चालू आवको भदौ र असोजमा दसैंका लागि रसुवागढी नाकाबाट चिनियाँ तयारी पोसाक आयात बढेको भन्सार कार्यालयले जनाएको छ। तयारी पोसाकमा सर्ट, पाइन्ट, टिसर्ट, ब्रा, पेन्टी, आउटर, ज्याकेट, कोट, जुत्ताचप्पल आउने गरेको भन्सार कार्यालयको भनाइ छ। पहिरो र भूकम्पले तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट काठमाडौँलगायत देशका अधिकांश बजारमा दसैंका लागि चिनियाँ तयारी पोसाक भित्रिने गरेका छन्। रसुवागढी नाकालाई डेढ महिनाअघि नै चीनले अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ। नेपालबाट चीनतर्फ धातुका मूर्ति, मेहन्दी, दन्तमञ्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनी, गलैंचा, कार्पेट, हेयर आयल, हेयर क्रिमलगायत वस्तु निर्यात हुने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.