संसारलाई चकित बनाउँने चिनिया कला, भीरमा झुण्डिएको १५०० वर्ष पुरानो मन्दिर
एजेन्सी : करीब २ हजार वर्ष लगाएर बनाइएको(ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । पछिल्लो समय विकास निर्माणमा असम्भव झैं लाग्ने संरचनाहरु बनाएर संसारलाई चकित बनाइ रहेको छ । यस्तै चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिर पनि संसारलाई चकित बनाउने खालको छ ।
एउटा पाइला खाख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । चीनको सान्सी प्रान्तमा रहेको यो मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ ।
थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् । विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन । हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ । विश्व भरिबाट यो मन्दिर हेर्नकै लागि पर्यटकहरु यहाँ आउने गर्छन ।