जोखिममा रहेको सिगँटी बजार जोगाउन तटबन्द

जोखिममा रहेको सिगँटी बजार जोगाउन तटबन्द

चरिकोट: भूकम्पले थिलथिलो बनाएको उत्तरी साविक २२ गाविसको केन्द्रको रुपमा रहेको सिँगटी बजार सुरक्षाको लागि तटबन्द निर्माण भएको छ।भूकम्पले चिरा चिरा पारेको र नदि तथा खोलाको कटान बाट बाढि र पहिरो बाट उच्च जोखिममा रहेको सो बजार बचाउन करिब एघार करोड लागतमा तटबन्द निर्माण भएको छ।

 जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. ७, चरिकोट दोलखाको पहलमा सो तटबन्द निर्माण गरेको कार्यालय प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए।उनले तामाकोशी नदि,सिङटी खोलाले जमिन कटान गरेपछि त्यहाँका चार सय घरहरु, सिँगटी जलविद्युत आयोजना,नेपाल विद्युत प्राधिकरणको सबस्टेशन बाढि र पहिरोको उच्च जोखिममा परेकोले तटबन्द निर्माढा गरिएको बताए।

डिभिजन प्रमुख एबं ईन्जिनियर सुबेदीले यस क्षेत्रको बचावट तथा संरक्षण कार्य गर्न नदी÷खोला नियन्त्रण तथा व्यवस्थापन कार्य गर्न कार्यालयले उच्च प्राथमिकता राखेर कार्य गरि ठेकेदारलाई ताकेता र दबाब दिएर समयमानै कार्य समपन्न गरेको बताए।

कार्यालयले हालसम्म करिब ६ करोड लागतको कार्य सम्पन्न गरि ५ करोडको थप निर्माण कार्य अगाडी बढाउन ठेक्का सम्झौता भई निर्माण कार्य अगाडी बढिरहेको जनाएको छ। आर.सी.सी. काउन्टरफोर्ट रिटेनिङ वाल निर्माण कार्यको डिजाइन तथा लागत अनुमान तयार गरी राष्ट्रिय स्तरको ठेक्का बन्दोबस्त मार्फत् निर्माण व्यवसायी स्वच्छन्द खानी जे.भि. सँग २०७३ असार २१ गते ठेक्का सम्झौता गरि २०७४ असार २५ गते निमार्ण कार्य सम्पन्न गरेको जनाएको छ।

हाल सिंगटी नदीको दाँयातर्फ ११५मिटर तथा बाँयातर्फ ३२ मिटर गरी जम्मा १४७ मिटर लम्बाई रहेको छ भने संरचनाको जगमा ५ मिटर चौडाई, ६ मिटर उचाई भएको आर.सि.सि. काउन्टरफोर्ट वाल निर्माण भएको छ।

यस्तै संरचनालाई मजवुत बनाउनको लागि ४.५० मिटर लम्बाई, १ मिटर चौडाई र २ मिटर उचाईको कंक्रिट बेड बार, ग्याबियन लञ्चिङ, संरक्षण कार्यको लागि ग्याबियनको रिभेटमेन्ट निर्माण कार्य सम्पन्न भएको जनाएको छ। यस्तै सिंगटी नदीको बाँयातर्फ झोलुंगे पुलको माथि पट्टी भागमा प्लम कंक्रिट वाल निर्माण कार्य गर्नको लागि ठेक्का बन्दोबस्त भई कार्य अगाडि बढिरहेको कार्यालयको भनाइ रहेको छ।

२०७२ सालको भूकम्पमा सो बजार पूर्ण रुपमा ध्वस्त भएको थियो । भूकम्पमा परि सिँगटीमा मात्र २९ जनाले ज्यान गुमाएको थियो। प्राविधिकहरुले उच्च जोखिम भनिरहेकै स्थानमा स्थानीयहरु धमाधम घर बनाएर बसेका थिए।

बस्ती जोगाउनकै लागि तटबन्द निर्माण भए पछि स्थानीयहरु खुसी भएको स्थानीय ब्यवसायी महेश श्रेष्ठको भनाइ रहेको छ। व्यापारिक केन्द्रको रुपमा रहेको सिँगटी बजारमा अव ढुक्क भएर बस्ने अवस्था रहेको भन्दै सम्बन्धीत निकायलाई धन्यवाद दिएका छन्।

यसैबीच लामो सिँगो बजार नै संरक्षणको लागि तटबन्द निर्माण गरिदिएको भन्दै सिँगटी बजार व्यवस्थापन समिति र विगुँ गाउँपालिकाले कार्यालय प्रमुख सुवेदीलाई बुधबार एक कार्यक्रम गरी सम्मान एवंम विदाइ गरेका छन्।
विगुँ गाउँपालिकाका प्रमुख युदिष्टीर खड्का र उपप्रमुख संजिव ओलीले सयुक्त रुपमा खादाँ मालाले सम्मान गरेको हो। कार्यालय प्रमुख सुवेदी दोलखा बाट केहि दिन अघि सरुवा भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.