आचार्यको चीन चियाउँदा विमोचन
काठमाडौं: पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक चीन चियाउँदा विमोचन गरिएको छ। चीनको इतिहास, संस्कृति, शिक्षा,चीनमा नेपाली भाषालगायतका विषयवस्तु समेटेर तयार पारिएको यो पुस्तक चीन भ्रमणमा जानेका लागि ट्राभल गाइडका रुपमा पनि प्रयोग गर्न सकिन्छ।
यस्तै चीनका बारेमा जानकारी लिन चाहने नेपालीका लागि पनि थु्प्रै सूचना यो पुस्तकमा समावेस छन् । पुस्तकमा विभिन्न २० वटा विषय समावेस गरिएको छ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसदा उप्रेती, प्राज्ञ सुलोचना मानन्धर, चिनियाँ दूतावासका अधिकारी,नेपाल चीन अध्ययन केन्द्रका कार्यवहाक अध्यक्ष सुन्दारनाथ भट्टराईलगायतले पुस्तकका बारेमा समीक्षा गरेका थिए।
लेखक चेतनाथ आचार्यले पुस्तक चीनका विविन्न आयामलाई समेटेर तयार गरिएको बताए। उनले छिमेकी मुलुक चीनबाट थुप्रै फाइदा लिन सकिने बताए। उनले भने, 'वर्षमा करोडौं चिनियाँ पर्यटक बनेर घुम्न निस्कन्छन्। उनीहरूलाई नेपाल ल्याउन सके आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ।'