मधुमल्ला-रवि सडकमा ४६ वर्षपछि गाडी

मधुमल्ला-रवि सडकमा ४६ वर्षपछि गाडी

विराटनगर : ट्र्याक खन्न सुरु गरेको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकखण्डमा पहिलोपटक गाडी गुडेको छ। ५२ किलोमिटर दूरीको यो सडकमा बुधबारदेखि गाडी गुड्न थालेको हो।

२०२८ सालमा ट्र्याक खन्न थालेको यो सडकलाई पूर्वी क्षेत्रको समृद्धिसँग जोडेर हेरिएको छ। बुधबार बिहान उर्लाबारीबाट को.१च ५४५७ नम्बरको एम्बुलेन्स बिरामी बोकेर इलामको चुलाचुली गाउँपालिका-६ स्थित फुङ्नाम पुग्यो। चालक स्थानीय २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाडी गुडाएर गाउँ पुर्‍याएका हुन्।

स्थानीयवासी र जनप्रतिनिधिले चालक श्रेष्ठलाई फूल र पैसाको माला लगाइदिएर स्वागत गरेका थिए। प्रतापसिंह लामा स्मृति प्रतिष्ठान मधुमल्लाद्वारा सञ्चालित एम्बुलेन्स लिएर गाउँ पुगेका चालक श्रेष्ठले आफू हर्षित भएको बताए। सडक निर्माण कार्य पूर्णरूपमा सम्पन्न नभए पनि गाडी गुड्न सक्ने अवस्थाको भएको सडक निर्माण संघर्ष समितिका संयोजक मानबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सिस्ने र तीनचुलेमा घुम्ती सडक अझै मर्मत गर्नुपर्ने अवस्था छ। सडक निर्माणले गति लिन नसक्दा स्थानीयवासीले संघर्ष समिति गठन गरेर आन्दोलन नै गरेका थिए।

‘यो सडक बनेर गाडी गुडाउन सकिन्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन्', उनले भने, ‘स्थानीय बासिन्दाको सक्रियता र संघर्षका कारण सम्भव भएको हो।' उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठका अनुसार यातायातका साधन नचल्दा कोही बिरामी परे डोको र स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो। अब स्थानीय कृषि उत्पादनले सहज रूपमा बजार पाउने भएपछि स्थानीयवासी हर्षित भएको उनले सुनाए। यो सडक पाँचथर र इलामको सिमाना हुँदै राँके बजारमा मेची राजमार्गसँग जोडिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.