एनसेल र आइफ्लिक्सबीच सहकार्य

एनसेल र आइफ्लिक्सबीच सहकार्य

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आइफ्लिक्ससँग सहकार्य गरेको छ । यो सहकार्यपछि एनसेलका ग्राहकले बिहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सको मज्जा लिन सक्नेछन् । तीन महिनासम्म राति १२ देखि बिहान ५ बजेसम्म एनसेलको डाटा सेवा प्रयोग गरी आइफ्लिक्समा रहेको कुनै पनि सामग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप दुई घण्टा आइफ्लिक्सको निःशुल्क मनोरञ्जन लिन सक्नेछन् ।

विश्वस्तरीय सेवासँग सहकार्य गर्न पाउँदा हर्षित भएको एनसेलले जानकारी दिएको छ । यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्ने एनसेलका कर्पोरेट सर्भिसेस डाइरेक्टर प्रणय आचार्यले बताए ।

एनसेलले यस अवसरमा करसहित ५० रुपैयाँमा एक घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यस प्याकअन्तर्गत ग्राहकले आईफ्लिक्सका कन्टेन्टमध्ये कुनै पनि सामग्रीको एक घण्टासम्म भिडियो हेर्न सक्नेछन् । ग्राहकले आवश्यकताअनुसार यो प्याक जतिपटक पनि लिन सक्नेछन् ।

विश्वका विभिन्न २ सय २० भन्दा बढी स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आइफ्लिक्सले अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमा देखाउनेछ । नेपालमा पनि आईफ्लिक्समार्फत थुप्रै चर्चित सिनेमा तथा टीभी सो सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।
गुगल प्ले वा आईओएस एप्पल स्टोरमा गई सजिलै आइफ्लिक्स एप डाउनलोड गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.