व्यवसायीले मागे सुरक्षा ग्यारेन्टी

व्यवसायीले मागे सुरक्षा ग्यारेन्टी

बुटवल: उद्योगी व्यवसायीको सुरक्षा ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ । दिनदहाडै व्यवसायी ताकेर गोली हानिँदासमेत सरकार चुप लागेर बसेको भन्दै व्यवसायी आक्रोशितसमेत भएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको २३औं अधिवेशन उद्घाटन कार्यक्रममा व्यवसायीले चन्दा आतंक मच्चाएर व्यवसायीलाई पलायन गराउने काम रोक्न सरकार उदासीन बनेको गुनासो गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनसहित अन्य व्यवसायीको हत्या भइरहँदा शान्तिसुरक्षामा चुनौती थपिएको बताए।

‘चन्दा नदिने ठाउँको ठाउँ सिध्याउने धम्की आइरहँदा व्यवसायीले कसरी आर्थिक विकासमा योगदान गर्न सक्छन् ? ’, उनले प्रश्न गरे । व्यवसायमैत्री वातावरण बनाउन सरकार अझै उदासीन बनेको उनको आरोप छ । राजनीतिक दलले आर्थिक विकासलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकमा दिगो आर्थिक विकास सम्भव नभएको उनको भनाइ छ । सबै पक्ष आर्थिक विकासको साझा एजेन्डामा आए मात्रै समृद्ध नेपालको सपना साकार हुने उनले बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख सिराज सुवेदीले मोतीपुर औद्योगिक क्षेत्रको निर्माण, जितगढी किल्लाको संरक्षणसहित बुटवलको विकासका लागि उपमहानगरपालिका उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तत्पर रहेको धारणा राखे । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि बुटवलको हिलपार्कमा नेपालकै ठूलो बुद्धमूर्ति र जितगढीमा राष्ट्रिय झन्डा राख्न लागिएको उनले जानकारी दिए


खुला सीमाका कारण भारतसँग जोडिएका बुटवल, भैरहवालगायतका बजार सुक्दै गएकोमा बुटवल उवासंघका अध्यक्ष महेशमान सिंहले चिन्ता व्यक्त गरे । भन्सारमा जारी हुने प्रज्ञापनपत्रमा कडाइ गर्न र अवैध आयात नियन्त्रण गर्न उनको माग छ।

रूपन्देहीमा निर्माणाधीन विमानस्थल, ६ लेन सडक र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा तीव्रता दिनुपर्ने उनको भनाइ छ । ठूला योजना निर्माणपछि मात्रै रूपन्देही आर्थिक केन्द्रका रूपमा स्थापित हुने उनले बताए।
संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नेतृत्वका लागि कृष्णकुमार श्रेष्ठ र खेम हमालको प्यानल चुनावी मैदानमा छ । एक हजार नौ सय ९८ मतदाता रहेको संघको नेतृत्व चयन गर्न असोज २७ गते मतदान हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.