अब ट्वीटरमा दुई सय ८० शब्द लेख्न सकिने
एजेन्सी : ट्वीटरमा रहेको एक सय ४० क्यारेक्टर (शब्द) लिमिटेशन अन्त्य हुने भएको छ । कम्पनीले अबको केही समयमै अहिले रहेको क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० बनाउने तयारी थालेको छ । यसका लागि कम्पनीले अहिले परीक्षण गरी रहेको जनाएको छ ।
ट्वीटर एउटा बाउन्ड्री भित्र रहेर त्यसमार्फत् अर्थपूर्ण कुरा व्यक्त गर्ने माध्यमको रुपमा परिचिय छ । यही विशेषताले फेसबुक र इन्ट्राग्राम भन्दा टुइटरका प्रयोगकर्तामाझ महत्व बढ्दै गएको हो ।
प्रयोगकर्तामार्फत् आएको गुनासोलाई मध्यनजर गर्दै ट्वीटरले एक सय ४० क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० बनाउने तयारी गरेको हो ।