सेलेनासँग विवाह गर्ने सोचमा विकेन्ड

सेलेनासँग विवाह गर्ने सोचमा विकेन्ड

अमेरिकी पप गायिका सेलेना गोमेजको चाँडै विवाह हुने सम्भावना देखिएको छ । केही समयको डेटिङपछि उनका प्रेमी र्‍यापर द विकेन्डले जीवनमा केही नयाँ योजना बनाएको बताएका छन् । विकेन्डले सेलेनाप्रति निकै समर्पित भएको, आफ्नो मनले खोजेजस्तो गर्लफ्रेन्ड पाएको भन्दै उनीसँग विवाह गर्न चाहेको स्पष्ट पारेका हुन् । केही साताअघि किड्नी प्रत्यारोपण गरेकी सेलेना अहिले आराम गरिरहेकी छन् ।यता प्रेमी विकेन्ड आफ्नो वर्ल्ड टुरको समापनको तरखरमा छन् । यो टुर सकिनेबित्तिकै सेलेनालाई विवाहको प्रस्ताव राख्ने उनले बताएका छन् ।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा सेलेनालाई आफ्नो बनाउने सोचमा रहेको पनि जनाएका छन् । किड्नीमा समस्या भएपछि गत मे महिनामा सेलेनाकी बेस्ट फ्रेन्ड २९ वर्षीया फ्रेन्सिया रेजाले किड्नी दान गरेपछि उनले नयाँ जीवन पाएकी हुन् । उनी द विकेन्डको सांगीतिक कार्यक्रम हेर्न गएको समयमा बिरामी भएकी थिइन् ।

सेलेनालाई अप्ठ्यारो परेका बेला वल्र्ड टुरको कारण उनीसँगै रहन नपाएकोमा विकेन्डले चिन्ता व्यक्त गरेका थिए । टाढा भए पनि सेलेनाको प्रत्येक पल ख्याल गरिरहेको र पनि उनले बताएका छन् । विकेन्डले सेलेनालाई हरपल साथ दिन चाहेको र सेलेनाको कुनै पनि दु:ख हेर्न नचाहेको स्पष्ट पारेका छन् । सेलेनाको किड्नी प्रत्यारोपणपछि आफूहरूको प्रेम झनै बलियो भएको पनि विकेन्डले स्पष्ट पारेका छन् । २५ वर्षीया सेलेनाको गायक जस्टिन बाइबरसँगको सम्बन्ध ब्रेकअपपछि विकेन्डसँग अफेयर सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.