करिनाको डाइटिङ सूत्र

करिनाको डाइटिङ सूत्र

बलिउडकी नायिका करिना कपुर खानले फेसबुक लाइभ च्याटमार्फत आफ्नो डाइटिङ सूत्र फ्यानसँग सेयर गरेकी छन् । उनको लाइभ च्याट आठ लाखभन्दा धेरैले एकैपटक हेरेका थिए । आफ्नो फिटनेस तथा पोषण डाइटिसियन गुरु रुजुला देविकरको निर्देशन पालना गरिरहेको उनले बताएकी छन् । करिना दिनको सुरुआत फलफूल खाएर गर्छिन् । भन्छिन्, ‘मेरो पहिलो प्राथमिकता कफी हैन, फलफूल हो ।’

करिनाले के खाने, कस्तो खाने, कति खाने, कति बेला खाने सम्पूर्ण कुरा रुजुलाले तय गरिदिएकी हुन्छिन् । रुजुलाका अनुसार करिना दिनको दुईपटक कफी पिउँछिन् । करिना लामो ग्लासमा एक ग्लास दूध पिउँछिन् तर रातमा मात्रै । उनको डाइटमा प्राय: भेजिटेबल समेटिएका हुन्छन् । दाल, खिचडी तथा फ्रेस फलफूल बढी खाने गर्छिन् । उनी भन्छिन्, ‘प्रोटिन कन्ट्रोल गर्नु एकदम उपयुक्त हुन्छ ।’

 

करिनाले गर्भवती भएको समयका केही अनुभव साट्दै भनिन्, ‘त्यो समयमा एकदमै भोक लागेको महसुस हुने र थकित भइरहने गथ्र्यो । रक्तचाप निकै घटेको थियो । सायद यस्तो समस्या धेरै आमालाई हुन्छ ।’ तर, यो समयमा करिनालाई रुजुलाले घरायसी समाधानका उपाय बताएकी थिइन् जसले तुरुन्तै तन्दुस्त बनाएको महसुस हुन्थ्यो उनलाई ।

करिना ताजा, स्थानीय र घरैमा पकाइएका खानेकुरामा जोड दिन्छिन् । घरैमा पकाएको खाना निरन्तर खानु राम्रो । ‘गर्भावस्थामा पाँच वर्षमा घट्ने क्याल्सियम एकैपटक घट्छ । त्यसैले यस्तो समयमा दूध खान एकदमै आवश्यक हुन्छ’, उनले आफ्नो अनुभव सुनाएकी छन । दूध एकदमै मन पर्ने र रोटीसँग घ्यू खान उनी मन पराउँछिन् । रुजुलाको सल्लाहमा उनी फ्याटलाई काट्न फ्याट खानुपर्ने विश्वास गर्छिन् र घ्यू खाँदै आएकी छन् ।

करिनालाई सबभन्दा सेक्सिएस्ट, स्लिम र फिट एण्ड फाइन चलचित्र ‘टसन’मा देखिएको यियो । सबैले उनको प्रशंसा गरेका थिए । उनले बच्चा पाइसकेपछि पनि आफू त्यो बेलाको जस्तै हुन चाहेको रुजुलासँग बताएकी थिइन् । त्यति बेलाझैं वर्कआउट र डाइट गर्न चाहे पनि रुजुलाले नियमपूर्वक डाइट र एक्सरसाइज गर्न सुझाइन् । करिना मासु खाँदिनन् । साइक्लिङ र योगमा पोख्त छिन् । प्रत्येक दुई घन्टामा केही न केही खाने गर्छिन् । उनी शरीरका प्रत्येक भागका लागि फरक खालको योग र अभ्यास गर्दै आएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.