उपप्रधानमन्त्रीलाई मोसोबाट कर्मचारीले बचाए

उपप्रधानमन्त्रीलाई मोसोबाट कर्मचारीले बचाए

काठमाडौं: शिक्षा मन्त्रालयका कर्मचारीले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री  गोपालमान श्रेष्ठलाई शुक्रबार कालो मोसो दल्नबाट बचाएका छन्। भेटघाटको नाममा कालो मोसो दल्न गएका विभिन्न राजनितिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधीलाई मन्त्रीको कार्यकक्षमा गएर मोसो दल्नै लाग्दा कर्मचारीले रोकेका हुन्।

 

अस्थायी शिक्षकलाइ आन्तरिक प्रतिस्पर्धाको नाममा स्थायी गर्न खोजिएको, सीटिइभीटीमा आर्थिक प्रलोभनमा परेर कलेजहरुलाई सम्बन्धन दिएका लगायतका विषयमा आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले संयुक्त वैठक बसेर विहिबार शिक्षा मन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने निर्णय गरेका थिए।

सोही निर्णय अनुसार 'तपाँइलाई वहिष्कार गर्ने निर्णय भएको छ' भन्ने विषयमा जानकारी गराउने वहानामा विद्यार्थीहरु मन्त्रीको कार्यकक्षमा गएका थिए।

कार्यकक्षमा पुग्ने वित्तिकै विद्यार्थीहरु नारावाजी गर्दै कालो मोसो दल्न लाग्दा कर्मचारीले रोकेका थिए । केहि वेर कर्मचारीसंग ठेलमठेल गर्दै नारावाजी गरेपनि कालो मोसो दल्न भने पाएनन्।नारावजीकै बीचमा प्रहरीले हस्तक्षेप गरेपनि विद्यार्थीहरु वाहिरीएका थिए।

आन्दोलनमा सहभागी एमाले निकट अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, 'शिक्षामन्त्रीको गलत निर्णयका कारण विद्यालय शिक्षा र प्राविधिक शिक्षालय ध्वस्त हुने अवस्थामा पुगेका छन्। मन्त्रीको निर्णय नसच्चिएसम्म् आन्दोलन जारी राख्छौं।'

आन्दोलनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ वाहेकका नौ विद्यार्थी संगठन सहभागी छन्।यसअघिको आन्दोलनमा संगै रहेको नेविसंघ एमाले र माओवादीबीच गठबन्धन बन्ने निर्णय भएसंगै बाहिरिको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.