दोलखामा विजयबाबु विवेकशील प्रतिनिधिसभाको उम्मेदवार

दोलखामा विजयबाबु विवेकशील प्रतिनिधिसभाको उम्मेदवार

काठमाडौं: विवेकशील साझा पार्टीले दोलखा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारमा विजय बाबु शिवाकोटीलाई चयन गरेको छ। लोकतन्त्रको रक्षा गर्दै त्यसलाई समुन्नत बनाउने र समाज सेवाको क्षेत्रमा करिब १५ वर्ष सक्रिय रहेका विजय बाबु शिवाकोटीलाई विवेकशील साझा पार्टीले दोलखा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गरेको हो।

 

राजनीतिक नेतृत्वको नियत नै सही नभएकोले समग्र देशलाई नै समृद्धिको बाटोमा लैजान नसकिएको महसुस गरी गठन भएको विवेकशील साझा पार्टीको तर्फबाट शिवाकोटी चुनावमा होमिएका हुन्। सही नियत भएको सक्षम नेतृत्व स्थापना गर्न आफ्नो उम्मेदवारी भएको शिवाकोटीले बताएका छन्।

दोलखा जिल्लाका प्रचुर सम्भावनाको सदुपयोग गरी आम नागरिकको तहसम्म लाभ वितरण गर्न नसक्नुमा हालको कुसंस्कारयुक्त राजनीतिको हात रहेकोले सुसंस्कारयुक्त राजनीतिको स्थापना गर्ने उद्देश्य रहेको उनले बताए।

साथै कमजोर बन्दै गएको ग्रामीण समाज तथा अर्थतन्त्रलाई पुनर्उत्थान गर्न विभिन्न अनुसन्धानकर्ता, संघ-संस्था, व्यवसाय, सरकारहरुबीच समन्वय गरी सकारात्मक परिवर्तन हासिल गर्नको लागि पनि राजनीतिक नेतृत्वले सेतुको भूमिका खेल्नको लागि पनि शिवाकोटीलाई उम्मेदवार बनाएको विवेकशील साझा पार्टी, दोलखाले जनाएको छ।

सडक तथा रेलमार्गबाट चीन र भारतलाई जोड्ने परियोजनाहरुको सम्भाव्यता अध्ययन गर्न; चरिकोट, दोलखा, कालिन्चोक, विगु, रोल्वालिङ, जिरी, शैलुङ जस्ता पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गर्न; तामाकोशी तथा यसका सहायक नदीहरुमा जलविद्युत परियोजनाहरुको सहज रुपमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न आफूले उम्‍मेदवारी दिएको विजयले दाबी गरे।

यस्तै हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटीहरुको दीगो उपयोग तथा तिनको प्रसोधन लगायतका कामहरु गरी त्यसको मूल्य बढाउनुका साथै तरकारी तथा फलफूल खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन थप सहज वातावरण सिर्जना गर्न; शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक सेवाहरुको गुणस्तर अभिवृद्धि गर्न; ग्रामीण सडकहरुलाई वर्षैभरि चल्ने बनाउन विभिन्न निकायहरुबीच समन्वय गर्न आफूले उम्‍मेदवारी दिनु परेको उनको तर्क छ।

तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्ने दिशामा कदम चालेपछि विभिन्न पेशागत तथा नागरिक समूहहरुका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाई शिवाकोटीले लोकतन्त्रको पक्षमा आवाज बुलन्द पारेका थिए। लोकतन्त्र तथा शान्तिका लागि नागरिक अभियानमा सक्रिय रही २०६२/६३ को जनआन्दोलनमा समेत भाग लिई लोकतन्त्रलाई पुनर्बहाली गर्न उनले आफ्नो भूमिका निभाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीमार्फत् लोकतन्त्रलाई आएको चुनौतीको सामना गर्न विभिन्न अभियानहरुमा सक्रिय रहेका थिए र तिनै अभियानहरुको सहयोगमा उनको बर्खास्तगी पनि भयो। चिकित्सा क्षेत्रमा रहेको व्यापारीकरण आम नागरिक तथा समग्र स्वास्थ्य क्षेत्रको हित विपरीत छ भन्ने विश्वास गरी डा गोविन्द केसीले चलाउनुभएको अभियानमा सुरुवाती चरणबाट नै शिवाकोटीले सक्रिय रुपमा सहभागिता जनाएका थिए।

सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने उनले विद्यायलमा पढ्दा पनि त्यसलाई अगाडि बढाएका थिए। विद्यालय तहको पढाइ सकिएपछि पनि विभिन्न अभियान तथा सामाजिक संस्थाहरुमा मूलत: स्वयंसेवकको रुपमा सहभागी भई आफ्नो योगदान दिएका थिए। शान्ति शिक्षा अभियान नेपालमार्फत् दोलखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर जिल्लाका करिब २०० विद्यालयहरुसँग शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सहकार्य गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.