सैन्य अभ्यासविरूद्ध क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया

सैन्य अभ्यासविरूद्ध क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया

सोल : अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासपूर्व उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न थालेको सोलले जानकारी दिएको छ ।अमेरिकी नौसेनाले शुक्रवार आगामी सातादेखि दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यास गर्ने चेतावनी दिएको थियो ।

त्यसैको प्रतिकार स्वरूप उत्तरले क्षेप्यास्त्र परीक्षण गर्न थालेको दक्षिणले शनिवार जानकारी दिएको हो । यसअघि नै उत्तर कोरियाले उनीहरूलाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिइसकेको छ । ‘डोंगा इलबो’ नामक दैनिक समाचार पत्रका अनुसार स्याटेलाइटबाट लिइएका तस्बिरहरूबाट यस्तो जानकारी मिलेको उल्लेख छ । उत्तर कोरियाले क्षेप्यास्त्रहरू प्योङयाङ र उत्तरी फायङन प्रान्ततर्फ लैजाँदै गरेका तस्बिर फेला परेका थिए । उत्तरले अमेरिका र दक्षिणलाई प्रभावित पार्ने आशंका गरिरहेका छन् ।

 

उक्त क्षेप्यास्त्र ह्वासङ-१४ अन्तरमहादेशीय क्षेप्यास्त्र हुन सक्ने बताइएको छ । यस क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म मार हान्ने क्षमता राख्छ । उत्तर कोरियाली नेता किम जोङ उनले गत अगस्तमा अमेरिकी अधीनस्थ क्षेत्र ग्वाममाथि आक्रमण गर्ने धम्की दिएका थिए । ह्वासङ-१३ ले भने अमेरिकाको पश्चिमी तटसम्म मार हान्न सक्छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । उसले भनेको छ, ‘सेनाले दिएको सूचनाका बारेमा हामी टिप्पणी गर्न चाहँदैनौं । हामीले उत्तर कोरियाली गतिविधि निगरानी गरिरहेका छौं । गत महिना उत्तरले छैटौं एवं सर्वाधिक शक्तिशाली परमाणु बम परीक्षण गरेको थियो । यसबाट प्योङयाङ र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकी प्रस्तावअनुसार संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाएको छ ।

अमेरिकाले जापान र दक्षिण कोरियाका साथ मिलेर संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । यसमा अमेरिकी युद्धक विमान पनि थपेको छ । उक्त अभ्यास १६ अक्टोबरदेखि २६ अक्टोबरसम्म जापान सागर र पीत सागरमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.